युद्धविराम गर्न तयार भयो इजरायल, नेतन्याहूले भने- इरानमा सबै उपलब्धि प्राप्त गर्‍यौँ « Khabarhub

युद्धविराम गर्न तयार भयो इजरायल, नेतन्याहूले भने- इरानमा सबै उपलब्धि प्राप्त गर्‍यौँ


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

तेहरान/जेरूसेलम- इजरायल र इरानबीच १२ दिनदेखि जारी युद्ध अब शान्त हुने संकेत देखिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि आक्रमण रोक्ने घोषणा गरेका छन्।

नेतन्याहूले इजरायली सेनाको उद्देश्य पूरा भइसकेको भन्दै युद्धविरामको निर्णय लिएका हुन्।

इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार नेतन्याहूले ट्रम्पको युद्धविराम घोषणामा सहमति जनाएका छन्।

प्रधानमन्त्रीको कार्यालयले जनाएअनुसार इजरायली सेनाले इरानमा आफ्नो सबै लक्ष्य पूरा गरिसकेको छ। नेतन्याहूले यसबारे आधिकारिक रूपमा मंगलबार साँझ वक्तव्य दिने तयारी गरेका छन्।

यो निर्णय त्यतिबेला सार्वजनिक गरिएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई युद्ध रोक्न आग्रह गरेका थिए।

राष्ट्रपति ट्रम्पले युद्धको १२औं दिन युद्धविराम घोषणा गर्दै यो आगामी ६ घण्टामा लागू हुने जनाएका थिए।

समयसीमा पूरा भएपछि ट्रम्पले फेरि एक पोस्ट गर्दै लेखे – ‘अहिलेदेखि युद्धविराम लागू हुन्छ, कृपया यसलाई नतोड्नुहोस्।’

तर ट्रम्पको युद्धविराम घोषणापछि इरानले अस्वीकारोक्तिसहित इजरायलमा मिसाइल हानेको थियो ।

इरानी विदेश मन्त्रीले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम सम्झौता नभएको बताउँदै भनेका थिए, ‘यदि इजरायलले आक्रमण रोकेमा इरानले पनि आक्रमण गर्ने छैन।’

तर त्यसको केही समयमै इरानले इजरायलमाथि ६ पटक ब्यालिस्टिक मिसाइल आक्रमण गर्‍यो।

टाइम्स अफ इजरायल अनुसार एक मिसाइल बेरशेभा शहरको भवनमा खसेको थियो। चिकित्सा टोलीका अनुसार उक्त आक्रमणमा ४ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते छन्।

उता इरानको आक्रमणपछि तीन घण्टा बन्द गरिएको इजरायली एयर स्पेस फेरि खोलिएको छ। इजरायली एयरपोर्ट प्राधिकरणले आपतकालीन उडानका लागि एयर स्पेस खोलिएको जानकारी दिएको छ।

अमेरिकी सैन्य बेसमा आक्रमण

ट्रम्पको युद्धविराम घोषणाको केही घण्टा अगाडि इरानले कतारस्थित अमेरिकी अल-उदीद एयर मिलिट्री बेसमा १९ मिसाइल प्रहार गरेको थियो।

तर, इरानले आक्रमणअघि नै चेतावनी दिएकाले मानवीय क्षति भएको थिएन। अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणको जानकारी दिएकोमा इरानलाई धन्यवाद पनि दिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ०१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२