नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु  | Khabarhub Khabarhub

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । 

इलाम घर भएकी ३९ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । 

अस्पतालका सुचना अधिकारी नवीन दाहालका अनुसार श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने लगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गराउँदा उनलाई कोभिडको संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नोबेल अस्पताल ल्याइएको थियो । 

आज बिहान मात्रै अस्पताल आइपुगेकी उनको आकस्मिक कक्षमा उपचार गर्दागर्दै बिहान ६ बजे मृत्यु भएको उनले बताए । मृत्यु पछि उनको शवलाई प्रहरीको जिम्मा लगाइएको अस्पतालले जनाएको छ । 

कोरोना महामारीपछि संक्रमणबाट नेपालमा मृत्यु भएको यो पहिलो केश हो । कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् । प्रदेश स्वास्थ्यय मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : २३ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी