तीन महानगरले ल्याए बजेट, दुईको आज आउँदै, काठमाडौँको अनिश्चित | Khabarhub Khabarhub

तीन महानगरले ल्याए बजेट, दुईको आज आउँदै, काठमाडौँको अनिश्चित


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संवैधानिक व्यवस्थाअनुसार आज (असार १०) सम्म सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ ।

यो व्यवस्थाअनुसार अहिलेसम्म तीनवटा महानगरले बजेट अधिवेशन सम्पन्न गरिसकेका छन् । दुईवटा महानगरको अधिवेशन आज चलिरहेको छ । तर, देशकै ठूलो महानगर काठमाडौंको बजेट अधिवेशन भने अनिश्चित बनेको छ ।

अहिलेसम्म पोखरा, भरतपुर र वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । त्यस्तै; आज विराटनगर र ललितपुर महानगरपालिकाले बजेट अधिवेशन गरिरहेका छन् ।

तर, काठमाडौं महानगरपालिकामा भने आन्तरिक द्वन्द्वका कारण अहिलेसम्म बजेट अधिवेशन तयारीको लागि बोर्डको बैठक नै बस्न सकेको छैन ।

पोखरा महानगरको बजेट आठ अर्ब ३५ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आठ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाको १७औँ नगरसभा बैठकमा आइतबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी थिइन् ।

बजेटमा सङ्घीय सर्शत अनुदान तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाट ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान ५२ करोड ८७ लाख र प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै; आगामी वर्ष आन्तरिक आय पाँच अर्ब २२ करोड, स्थानीय राजस्व बाँडफाट एक अर्ब एक करोड, प्रदेश राजस्व बाँडफाट चार करोड २८ लाख हुने जनाइएको छ ।

पोखरा महानगरको बजेटको पूर्णपाठ :

भरतपुरले ल्यायो पाँच अर्ब १९ करोडको बजेट

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । महानगरको  १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।

कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, सङ्घीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार अनुमान गरिएको छ ।

जनसहभागिताबाट पाँच करोड, बैङ्क मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

भरतपुर महानगरको बजेटको पूर्णपाठ :

वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट

वीरगञ्ज महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का सोमबार लागि तीन अर्ब २२ करोड ४८  लाख ४९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

महानगरको नगरसभाको १७औँ अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आवको आयव्ययसहितको बजेट प्रस्तुत गरेका थिए ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कुल बजेटको ७० दशमलव २४ प्रतिशत बजेट विनियोजन गरेको छ ।

त्यस्तै; महानगरले पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८ दशमलव ६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात् एक दशमलव १२ प्रतिशत विनियोजन गरेको  छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च बेहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड रुपैयाँ सङ्कलन हुने लक्ष्य राखेको छ । त्यसैगरी सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख बजेट प्राप्त हुने बताइएको छ ।

त्यस्तै गरी सङ्घीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार राजस्व सङ्कलन हुने अनुमान गरेको छ ।

घरजग्गा रजिष्ट्रेशन शुल्कबापत २५ करोड र नगद मौज्दातबाट १५ करोड खर्च बेहोरिने बताइएको छ ।

चालु आवका लागि वीरगञ्ज महानगरको बजेट दुई अर्ब ८९ करोड ४८ लाख थियो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ४९ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण