गृहमन्त्रीलाई अमनलाल मोदीको प्रश्न- समिति बनिसकेपछि राजीनामा किन दिनुभएन ?  « Khabarhub

गृहमन्त्रीलाई अमनलाल मोदीको प्रश्न- समिति बनिसकेपछि राजीनामा किन दिनुभएन ? 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी अमनलाल मोदीले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणको छानविनका लागि समिति बनिसकेपछि राजीनामा नदिनुको कारणबारे प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारकाले उच्चस्तरीय समिति गठन गरिसकेपछि पनि राजीनामा नदिनुको कारणबारे प्रश्न गरेका हुन् ।  

‘पछि अनुसन्धान सकेर बेदाग भएपश्चात पार्टीले पत्याएको खण्डमा पुनः मन्त्री बनेर जीवन बिताइराखेका छन् र सादा जीवन उच्च विचार पनि भएका छन्,’ सांसद मोदीले गृहमन्त्रीलाई प्रश्न गरे, ‘तसर्थ यो किन गर्नुभएन ?’

उनले आफूमाथि गम्भीर आरोप लाग्दा छानबिन समिति गठन भएर अनुसन्धान भइरहेको बेला सामान्यतया राजीनामा दिने चलन रहेको पनि गृहमन्त्री लेखकलाई स्मरण गराए ।     

‘खासमा आफूप्रति वा मन्त्रीप्रति गम्भीर आरोप लागेपछि छानबिन समिति बनेर अनुसन्धान भइरहेको बेला सामान्यतया राजीनामा वा मार्गप्रशस्त गर्ने चलन छ,’ मोदीले भने, ‘ता कि अनुसन्धानमा बाधा–बिघ्न वा प्रमाण नष्ट नहोस् भनेर ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ४३ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स