सांसद मोदीलाई गृहमन्त्रीको जवाफ- राजीनामा ठूलो कुरा होइन   « Khabarhub

सांसद मोदीलाई गृहमन्त्रीको जवाफ- राजीनामा ठूलो कुरा होइन  


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफ्ना लागि राजीनामा ठूलो कुरो नभएको जवाफ दिएका छन् । संसद्मा प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले गरेको प्रश्नको जवाफ दिँदै उनले राजीनामा ठूलो कुरो नभएको जवाफ दिएका हुन् । 

‘एउटा कार्यालयमा हुने छानबिन र अनुसन्धान अनावश्यक रुपले जोडेर मन्त्रीले राजीनामा दिनुपर्ने भो भने अहिलेसम्म कति मन्त्रीले दिइसक्नुपर्ने थियो र अब कति मन्त्रीले दिनुपर्ला ?,’ लेखकले भने, ‘त्यसकारण कस्तो व्यवस्था गर्ने भन्ने कुरा हो । राजीनामाको विषयमात्रै होइन र त्यो ठूलो कुरा पनि होइन । तर, के व्यवस्था बनाउने भन्ने हो ।’     

यसअघि माओवादी सांसद मोदीले भिजिट भिसा प्रकरणको छानविनका लागि समिति बनिसकेपछि राजीनामा नदिनुको कारणबारे गृहमन्त्री लेखकलाई प्रश्न गरेका थिए । 

‘पछि अनुसन्धान सकेर बेदाग भएपश्चात पार्टीले पत्याएको खण्डमा पुनः मन्त्री बनेर जीवन बिताइराखेका छन् र सादा जीवन उच्च विचार पनि भएका छन्,’ सांसद मोदीले गृहमन्त्रीलाई प्रश्न गरेका थिए, ‘तसर्थ यो किन गर्नुभएन ?’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  २ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै