सांसद मोदीलाई गृहमन्त्रीको जवाफ- राजीनामा ठूलो कुरा होइन   « Khabarhub

सांसद मोदीलाई गृहमन्त्रीको जवाफ- राजीनामा ठूलो कुरा होइन  


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफ्ना लागि राजीनामा ठूलो कुरो नभएको जवाफ दिएका छन् । संसद्मा प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले गरेको प्रश्नको जवाफ दिँदै उनले राजीनामा ठूलो कुरो नभएको जवाफ दिएका हुन् । 

‘एउटा कार्यालयमा हुने छानबिन र अनुसन्धान अनावश्यक रुपले जोडेर मन्त्रीले राजीनामा दिनुपर्ने भो भने अहिलेसम्म कति मन्त्रीले दिइसक्नुपर्ने थियो र अब कति मन्त्रीले दिनुपर्ला ?,’ लेखकले भने, ‘त्यसकारण कस्तो व्यवस्था गर्ने भन्ने कुरा हो । राजीनामाको विषयमात्रै होइन र त्यो ठूलो कुरा पनि होइन । तर, के व्यवस्था बनाउने भन्ने हो ।’     

यसअघि माओवादी सांसद मोदीले भिजिट भिसा प्रकरणको छानविनका लागि समिति बनिसकेपछि राजीनामा नदिनुको कारणबारे गृहमन्त्री लेखकलाई प्रश्न गरेका थिए । 

‘पछि अनुसन्धान सकेर बेदाग भएपश्चात पार्टीले पत्याएको खण्डमा पुनः मन्त्री बनेर जीवन बिताइराखेका छन् र सादा जीवन उच्च विचार पनि भएका छन्,’ सांसद मोदीले गृहमन्त्रीलाई प्रश्न गरेका थिए, ‘तसर्थ यो किन गर्नुभएन ?’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  २ : ०१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले