गणेशमानको नाममा बजेटबारे प्रकाशमानको जवाफ- महामानवलाई सम्झिनु राज्यको दायित्व हो | Khabarhub Khabarhub

गणेशमानको नाममा बजेटबारे प्रकाशमानको जवाफ- महामानवलाई सम्झिनु राज्यको दायित्व हो


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकशमान सिंहले देश र जनताका लागि जीवन अर्पेका महामानवप्रति कृतज्ञता अर्पण गर्न विगतदेखि नै राज्यले केही विकास योजना कार्यान्वयन गर्दै आएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले त्यही कारण स्वनामधन्य महामानवप्रति कृतज्ञतास्वरुप केही योजनामा बजेट विनियोजन गरिएको बताएका हुन् ।

‘देश र जनताका लागि जीवन अर्पेका महामानवप्रति कृतज्ञता अर्पण गर्न विगतदेखि नै राज्यले उहाँहरूको नाममा विकास योजना कार्यान्वयन गर्दै आएको छ,’ लौहपुरूष गणेशमान सिंहको नाममा बजेट छुट्याएको भन्दै गरिएको आलोचनाबारे सिंहले भने, ‘यस वर्ष पनि ती स्वनामधन्य महामानवहरूप्रति कृतज्ञता स्वरुप केही योजनामा बजेट विनियोजन गरिएको हो ।’

लोकतन्त्रका नायकहरुको योगदानको ऋण नेपाली जनताले तिर्न नसके पनि कृतज्ञता व्यक्त गर्न सकिने उनको भनाइ थियो ।

लोकतन्त्रका नायकहरू अब व्यक्ति नभई राज्यका प्रतीकका रुपमा रहेका उनीहरूको सम्मान गर्नु राष्ट्रको दायित्व भएको मन्त्री सिंहले जिकिर गरे ।

‘नागरिक भएकोमा गर्व गर्ने र रैती हुन नचाहने कसैलाई पनि लोकतन्त्रका नायकहरुको नामप्रति पक्कै द्वेष नहोला,’ मन्त्री सिंहले भने, ‘उहाँहरूको योगदानको ऋण त नेपाली जनताले तिर्न सक्दैनन्, तैपनि कृतज्ञता व्यक्त गर्न त सक्छन् । एक व्यक्ति नभई राज्यका प्रतीकका रुपमा रहनुभएकाले उहाँहरुको सम्मान गर्नु राष्ट्रको दायित्व हो ।’

मन्त्री सिंहले नेपाली जनतालाई स्वतन्त्र, सार्वभौम नागरिक बनाउन लामो संघर्ष गरेका सपुतहरूको नाम पनि स्मरण गरे ।

‘माननीयहरूबाट गणेशमानका नाममा धेरै रकम विनियोजन भएको भन्ने सन्दर्भमा उठाइएका जिज्ञासाबारे राणाहरूको जहानियाँ शासनको मध्ययुगीन सामान्ती पिँजडामा थुनिएका नेपाली जनतालाई स्वतन्त्र, सार्वभौम नागरिक बनाउने लामो संघर्षमा स्वनामधन्य सपुतहरू बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीहरूको योगदान मैलै यहाँ बताइरहन पर्दैन,’ उनले भने, ‘मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, शैलजा आचार्य, साधना प्रधान, साहना प्रधानलगायतको संघर्ष र योगदान पनि अविस्मरणीय छ । राणा र शाहहरूको निरङ्कुश शासनमा यी स्वनामधन्य महापुरुषहरूको नाम लिनु पनि अपराध ठहरिन्थ्यो । लोकतन्त्र आएपछि मात्रै राष्ट्रले उहाँहरूको प्रेरणादायी नाम स्मरण गर्न पाएको हो ।’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : १० बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा