गणेशमानको नाममा बजेटबारे प्रकाशमानको जवाफ- महामानवलाई सम्झिनु राज्यको दायित्व हो « Khabarhub

गणेशमानको नाममा बजेटबारे प्रकाशमानको जवाफ- महामानवलाई सम्झिनु राज्यको दायित्व हो


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकशमान सिंहले देश र जनताका लागि जीवन अर्पेका महामानवप्रति कृतज्ञता अर्पण गर्न विगतदेखि नै राज्यले केही विकास योजना कार्यान्वयन गर्दै आएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले त्यही कारण स्वनामधन्य महामानवप्रति कृतज्ञतास्वरुप केही योजनामा बजेट विनियोजन गरिएको बताएका हुन् ।

‘देश र जनताका लागि जीवन अर्पेका महामानवप्रति कृतज्ञता अर्पण गर्न विगतदेखि नै राज्यले उहाँहरूको नाममा विकास योजना कार्यान्वयन गर्दै आएको छ,’ लौहपुरूष गणेशमान सिंहको नाममा बजेट छुट्याएको भन्दै गरिएको आलोचनाबारे सिंहले भने, ‘यस वर्ष पनि ती स्वनामधन्य महामानवहरूप्रति कृतज्ञता स्वरुप केही योजनामा बजेट विनियोजन गरिएको हो ।’

लोकतन्त्रका नायकहरुको योगदानको ऋण नेपाली जनताले तिर्न नसके पनि कृतज्ञता व्यक्त गर्न सकिने उनको भनाइ थियो ।

लोकतन्त्रका नायकहरू अब व्यक्ति नभई राज्यका प्रतीकका रुपमा रहेका उनीहरूको सम्मान गर्नु राष्ट्रको दायित्व भएको मन्त्री सिंहले जिकिर गरे ।

‘नागरिक भएकोमा गर्व गर्ने र रैती हुन नचाहने कसैलाई पनि लोकतन्त्रका नायकहरुको नामप्रति पक्कै द्वेष नहोला,’ मन्त्री सिंहले भने, ‘उहाँहरूको योगदानको ऋण त नेपाली जनताले तिर्न सक्दैनन्, तैपनि कृतज्ञता व्यक्त गर्न त सक्छन् । एक व्यक्ति नभई राज्यका प्रतीकका रुपमा रहनुभएकाले उहाँहरुको सम्मान गर्नु राष्ट्रको दायित्व हो ।’

मन्त्री सिंहले नेपाली जनतालाई स्वतन्त्र, सार्वभौम नागरिक बनाउन लामो संघर्ष गरेका सपुतहरूको नाम पनि स्मरण गरे ।

‘माननीयहरूबाट गणेशमानका नाममा धेरै रकम विनियोजन भएको भन्ने सन्दर्भमा उठाइएका जिज्ञासाबारे राणाहरूको जहानियाँ शासनको मध्ययुगीन सामान्ती पिँजडामा थुनिएका नेपाली जनतालाई स्वतन्त्र, सार्वभौम नागरिक बनाउने लामो संघर्षमा स्वनामधन्य सपुतहरू बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीहरूको योगदान मैलै यहाँ बताइरहन पर्दैन,’ उनले भने, ‘मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, शैलजा आचार्य, साधना प्रधान, साहना प्रधानलगायतको संघर्ष र योगदान पनि अविस्मरणीय छ । राणा र शाहहरूको निरङ्कुश शासनमा यी स्वनामधन्य महापुरुषहरूको नाम लिनु पनि अपराध ठहरिन्थ्यो । लोकतन्त्र आएपछि मात्रै राष्ट्रले उहाँहरूको प्रेरणादायी नाम स्मरण गर्न पाएको हो ।’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : १० बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक