रोपाइँका लागि कमला नहरमा पानी प्रवाह « Khabarhub

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा – धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ । 

गत चैतदेखि कमला नदीमा जलप्रवाह कम भएपछि बन्द गरिएका नहर पुनः सञ्चालनमा आएका हुन् । रोपाइँको मुख्य समयमा किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउन समयमै नहर सञ्चालनमा ल्याइएको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाका कार्यालय प्रमुख वीरेन्द्र यादवले बताए।

‘धान रोपाइँको मुख्य समयलाई ध्यानमा राख्दै नहर प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो, गत चैत यता कमला नदीमा जलप्रवाह कम भएकाले अस्थायी रूपमा नहर बन्द गरिएको थियो, अहिले नदीमा आवश्यक मात्रामा पानी उपलब्ध भएपछि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ’, उनले भने, ‘नहरमा पर्याप्त पानी प्रवाहसँगै किसानले समयमै सिँचाइ पाउनेछन् भन्ने अपेक्षा गरेका छौँ ।’

सिँचाइ व्यवस्थापन कार्यालय प्रमुख यादवका अनुसार पहिलेका वर्षमा साउन १ गतेदेखि मात्रै नहर सञ्चालन गरिने परिपाटीलाई तोडेर विगत तीन वर्षदेखि असार पहिलो हप्ताबाटै नहरमा पानी प्रवाह गर्न थालिएको हो । असारबाट सञ्चालन हुने नहर कात्तिकसम्म चालु रहन्छ । त्यसपछि छठ पर्व विशेष सञ्चालन गरिने प्रमुख यादवले जानकारी दिए। 

पच्चिस हजार हेक्टरमा सिँचाइ सुविधा

कमला सिँचाइ प्रणाली मधेश प्रदेशकै प्रमुख सिँचाइ योजनामध्ये एक हो । त्यसले धनुषा र सिरहामा गरी २५ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ । यो आयोजना मार्फत करिब ४० हजार घरपरिवार लाभान्वित भएका छन् ।

धनुषाको पश्चिमी नहर प्रणालीमार्फत करिब १२ हजार ५०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । यसमा गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हन्सपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिका रहेका छन् ।

त्यस्तै, सिरहामा १२ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । सिरहाका कर्जन्हा, मिर्चैया, कल्यानपुर, सिरहा र सुखीपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिका यसमा समावेश छन् ।

    किसानलाई ठूलो राहत

हाल मनसुनी वर्षा असमान रहँदा किसान सिँचाइ प्रणालीमा झन् बढी निर्भर भइरहेका छन् । यस्तो अवस्थामा समयमै सुरु गरिएको नहर सञ्चालनले यहाँका किसानलाई बाली लगाउने काममा सहजता ल्याएको छ । किसानहरू समयमै सिँचाइ पाउने भएपछि उत्साहित छन् । साथै उनीहरूको कमला सिँचाइको नियमित सेवा सुनिश्चित गरिनुपर्ने माग पनि बढ्दो छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै