अवहेलना प्रतिवेदनमा विशेषको आदेश – समाचार नहटाउनू, फौजदारी विविध दायरीमा दर्ता गर्नू « Khabarhub

अवहेलना प्रतिवेदनमा विशेषको आदेश – समाचार नहटाउनू, फौजदारी विविध दायरीमा दर्ता गर्नू


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अदालतको अवहेलना भएको भन्दै पेश गरिएको प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले सम्बन्धित सञ्चारमाध्यमलाई समाचार नहटाउन र अदालत प्रशासनलाई उक्त प्रतिवेदन फौजदारी विविध दायरीमा दर्ता गर्न आदेश दिएको छ ।

दृष्ट्रि साप्ताहिकको छापा र अनलाइनमा प्रकाशित ‘विशेष अदालतमा विचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा तीन महिनामै सफाइ’ शीर्षकको सामग्रीबाट अदालतको अवहेलना भएको दाबी गर्दै विशेष अदालतका कर्मचारीहरूले प्रतिवेदन पेश गरेका थिए ।

विशेष अदालतका सबै ६ न्यायाधीशको इजलासले उक्त प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उल्लेखित आदेश दिएको हो । प्रतिवेदनलाई विशेष अदालतले सबै न्यायाधीश सम्मिलित इजलासमा पठाएको थियो ।

प्रतिवेदनमाथि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइराला सम्मिलित इजलासमा प्रारम्भिक सुनुवाइ भएको हो ।

इजलासले आज (असार १० गते) सुनुवाइ गर्दै प्रतिवेदनलाई अदालतको फौजदारी विविध दायरीमा दर्ता गर्न आदेश गरेको छ । साथै, दृष्ट्रि साप्ताहिकलाई उक्त शीर्षकमा प्रकाशित र प्रसारित गरिएको समाचार सामग्री जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्न, नहटाउन, परिवर्तन, परिमार्जन नगर्न पनि आदेश दिएको छ ।

आदेशमा अगाडि लेखिएको छ, ‘यस अदालतको अवहेलनामा कारबाही र सजाय हुनुनपर्ने भए सो को आधार, कारण र प्रमाणसहित यो आदेश र समाह्वान म्याद प्राप्त भएको मिति समयबाट बाटोको म्यादबाहेक तीन दिनभित्र र सो म्याद थाम्न थमाउनसमेत नपाउनेगरी…यस अदालतसमक्ष वयान गर्न उपस्थित हुनू ।’

अदालतले दृष्ट्रि साप्ताहिकका तर्फबाट शम्भुलाल श्रेष्ठ, एसपी सुब्बा र सम्बन्धित समाचारको सम्वाददातालाई वयानमा उपस्थित हुन आदेश दिएको हो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : ५८ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले