अवहेलना प्रतिवेदनमा विशेषको आदेश - समाचार नहटाउनू, फौजदारी विविध दायरीमा दर्ता गर्नू | Khabarhub Khabarhub

अवहेलना प्रतिवेदनमा विशेषको आदेश – समाचार नहटाउनू, फौजदारी विविध दायरीमा दर्ता गर्नू


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अदालतको अवहेलना भएको भन्दै पेश गरिएको प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले सम्बन्धित सञ्चारमाध्यमलाई समाचार नहटाउन र अदालत प्रशासनलाई उक्त प्रतिवेदन फौजदारी विविध दायरीमा दर्ता गर्न आदेश दिएको छ ।

दृष्ट्रि साप्ताहिकको छापा र अनलाइनमा प्रकाशित ‘विशेष अदालतमा विचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा तीन महिनामै सफाइ’ शीर्षकको सामग्रीबाट अदालतको अवहेलना भएको दाबी गर्दै विशेष अदालतका कर्मचारीहरूले प्रतिवेदन पेश गरेका थिए ।

विशेष अदालतका सबै ६ न्यायाधीशको इजलासले उक्त प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उल्लेखित आदेश दिएको हो । प्रतिवेदनलाई विशेष अदालतले सबै न्यायाधीश सम्मिलित इजलासमा पठाएको थियो ।

प्रतिवेदनमाथि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइराला सम्मिलित इजलासमा प्रारम्भिक सुनुवाइ भएको हो ।

इजलासले आज (असार १० गते) सुनुवाइ गर्दै प्रतिवेदनलाई अदालतको फौजदारी विविध दायरीमा दर्ता गर्न आदेश गरेको छ । साथै, दृष्ट्रि साप्ताहिकलाई उक्त शीर्षकमा प्रकाशित र प्रसारित गरिएको समाचार सामग्री जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्न, नहटाउन, परिवर्तन, परिमार्जन नगर्न पनि आदेश दिएको छ ।

आदेशमा अगाडि लेखिएको छ, ‘यस अदालतको अवहेलनामा कारबाही र सजाय हुनुनपर्ने भए सो को आधार, कारण र प्रमाणसहित यो आदेश र समाह्वान म्याद प्राप्त भएको मिति समयबाट बाटोको म्यादबाहेक तीन दिनभित्र र सो म्याद थाम्न थमाउनसमेत नपाउनेगरी…यस अदालतसमक्ष वयान गर्न उपस्थित हुनू ।’

अदालतले दृष्ट्रि साप्ताहिकका तर्फबाट शम्भुलाल श्रेष्ठ, एसपी सुब्बा र सम्बन्धित समाचारको सम्वाददातालाई वयानमा उपस्थित हुन आदेश दिएको हो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : ५८ बजे

‘समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन’

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

बर्खामा शुद्ध खानेपानीको जोहो कसरी गर्ने ?

अघिल्लो महिना काठमाडौंमा पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेज नामक

डिभिजन वन कार्यालय नवलपुरद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

नवलपुर- डिभिजन वन कार्यालय नवलपुरले आजदेखि विभिन्न प्रजातिका बिरुवा वितरण

राज्य व्यवस्थासहित ६ वटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न ६ वटा समितिको बैठक