सरकारको ध्यान सत्ता जोगाउने र पद बाँड्नेमा भएकाले  समर्थन फिर्ता लियौँ : उपेन्द्र यादव « Khabarhub

सरकारको ध्यान सत्ता जोगाउने र पद बाँड्नेमा भएकाले  समर्थन फिर्ता लियौँ : उपेन्द्र यादव


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई समर्थन फिर्ता लिएको घोषणा गरेका छन् ।  

मंगलबार भक्तपुरस्थीत रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको समेत बताए । उनले सत्तारुढ एमाले–कांग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थनबाट पछुताउनु परेको बताए ।  

सरकार जनताको पक्षमा नभई बिचौलियाको लागि बनेकाले समर्थन कायम राख्नु संविधान, संघीयता र जनतासँग गद्दारी हुने उनको भनाइ छ ।

अध्यक्ष यादवले वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलिरहेको आरोप लगाए ।

सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको उनले बताए  । उनले वर्तमान सत्ता गठबन्धन पूर्ण रूपमा असफल भइसकेको उल्लेख गरे ।  

उनले संविधान संशोधन गर्ने सरकारको कुनै चाहना भएको र सरकार बनाउनका लागि राजनीतिक स्टन्डमात्रै गरेको टिप्पणी गरे । यादवले राजनीतिक नेतृत्वको पुरानोपन, थकित अनुहार र सत्ता मोहबाट देश मुक्त हुनुपर्ने बेला आएको जिकिर गरे ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै