घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो « Khabarhub

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा आज बिहान एक बालकको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान इलाका प्रहरी कार्यालय तोपगाछीलाई शरीरमा कपडा नभएको अन्दाजी १२ वर्ष उमेरको बालकको शव बगाएर ल्याएको भन्ने सूचना प्राप्त भएको थियो । 

लगत्तै प्रहरी टोली घटनास्थलमा खटिएर शवको पहिचान गर्ने क्रममा मृतक सोही ठाउँका मिङमारेन्जे शेर्पाका १२ वर्षीय छोरा सुशासन भएको खुलेको उनले जानकारी दिए। 

प्रहरीका अनुसार सुसान मिति २०८२ असार ८ गते अपराह्‍न ३ बजेदेखि घरबाट कसैलाई जानकारी नदिई निस्केका थिए । आफन्त तथा छिमेकीले खोजी गर्दा फेला नपरेपछि बालकका पिताले असार ९ गते इलाका प्रहरी तोपगाछीमा हुलिया विवरणसहित निवेदन दिएका थिए । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : २५ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली