ओएनएम संशोधन गर्न माग गर्दै नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन « Khabarhub

ओएनएम संशोधन गर्न माग गर्दै नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले प्रदर्शन गरेको छ।

काठमाडौंको माइतीघर मण्डलामा मंगलबार आयोजित प्रदर्शनमा सहभागीहरू आफूहरूको पेशा मेट्ने प्रयास अस्वीकार्य भएको भन्दै सडकमा उत्रिएका हुन् । उनीहरूले प्रस्तावित संरचना रेडियोग्राफी पेशामाथिको हमला भएको भन्दै विरोध जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयले ल्याएको प्रस्तावित संरचनाले रेडियोग्राफरहरूको दरबन्दी र भूमिका कमजोर पार्ने भएकाले आफूहरूले यसको विरोधमा उत्रिनु परेको उनीहरूले बताएका छन् ।

नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ओएनएमको विरोधमा ज्ञापनपत्र बुझाएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर विरोध जारी रहेको बताए। उनले सरकार गम्भीर नबनेको आरोपसमेत लगाए।

प्रदर्शनमा सहभागीहरूले ‘रेडियोग्राफरको आवाज सुन्ने बेला भयो’, ‘रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्याइयोस्’भन्ने जस्ता प्लेकार्डहरू प्रदर्शन गरेका थिए। सोसाइटीले ओएनएम फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ३७ बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ