ओएनएम संशोधन गर्न माग गर्दै नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन « Khabarhub

ओएनएम संशोधन गर्न माग गर्दै नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले प्रदर्शन गरेको छ।

काठमाडौंको माइतीघर मण्डलामा मंगलबार आयोजित प्रदर्शनमा सहभागीहरू आफूहरूको पेशा मेट्ने प्रयास अस्वीकार्य भएको भन्दै सडकमा उत्रिएका हुन् । उनीहरूले प्रस्तावित संरचना रेडियोग्राफी पेशामाथिको हमला भएको भन्दै विरोध जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयले ल्याएको प्रस्तावित संरचनाले रेडियोग्राफरहरूको दरबन्दी र भूमिका कमजोर पार्ने भएकाले आफूहरूले यसको विरोधमा उत्रिनु परेको उनीहरूले बताएका छन् ।

नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ओएनएमको विरोधमा ज्ञापनपत्र बुझाएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर विरोध जारी रहेको बताए। उनले सरकार गम्भीर नबनेको आरोपसमेत लगाए।

प्रदर्शनमा सहभागीहरूले ‘रेडियोग्राफरको आवाज सुन्ने बेला भयो’, ‘रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्याइयोस्’भन्ने जस्ता प्लेकार्डहरू प्रदर्शन गरेका थिए। सोसाइटीले ओएनएम फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ३७ बजे

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’