पोखरा, भरतपुर र वीरगञ्ज महानगरको बजेट प्राथमिकतामा के परे ? « Khabarhub

पोखरा, भरतपुर र वीरगञ्ज महानगरको बजेट प्राथमिकतामा के परे ?


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट प्रत्येक वर्षको असार १० गतेभित्र ल्याउनुपर्ने व्यवस्थाअनुसार मंगलबार साँझसम्म पाँचवटा महानगरले बजेट ल्याएका छन् । काठमाडौं महानगर भने आन्तरिक समस्यामा फसेका कारण बजेट अनिश्चित बन्न पुगेको छ ।

अहिलेसम्मै भरतपुर, पोखरा, वीरगञ्ज, विराटनगर र ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । महानगरहरूले आफ्नो बजेटमा भिन्न–भिन्न किसिमका प्राथमिकता तय गरेको देखिएको छ ।

पोखराको बजेटका प्राथमिकता

पोखरा महानगरले आगामी आर्थिक वर्षको बजेटमा सात वटा प्राथमिकता तय गरेको छ । महानगरले हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षण, सम्वर्द्धन तथा फोहोरमैला व्यवस्थापनलाई बजेटको प्राथमिकतामा उल्लेख गरेको छ । त्यस्तै, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धन र गुणस्तरीय, जवाफदेही र प्रतिस्पर्धी मानवस्रोत विकास महानगरको बजेटको प्राथमिकतामा रहेको उल्लेख छ । महानगरले आगामी आर्थिक वर्षका लागि आठ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको छ ।

भरतपुरको बजेटका प्राथमिकता

भरतपुर महानगरले आगामी आर्थिक वर्षको बजेटमा दिगो सहरी पूर्वाधार, नियमित सडक मर्मत सम्भार र अधुरा योजनाको निरन्तरतालाई पहिलो प्राथमिकतामा राखेको छ । कृषि तथा पशु विकास कार्यक्रम, शिक्षा विकास, युवा तथा खेलकुद, स्वास्थ्य र वातावरण सरसफाइ, हरियाली एवं विपद् व्यवस्थापन महानगरको प्राथमिकतामा रहेको बजेटमा उल्लेख छ ।

त्यस्तै, भरतपुरले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग, रोजगार प्रवर्द्धन र उद्यमशीलता तथा निजी क्षेत्रको सहकार्य, पर्यटन तथा उद्योग र वाणिज्य तथा सहकारीलाई राखेको छ । लैंगिक समानता, महिला सशक्तीकरण र सामाजिक समावेशीकरण र राजस्व प्रशासन तथा कर्मचारी सञ्चालन एवं व्यवस्थापन पनि सो महानगरको बजेटको प्राथमिकतामा रहेका छन् । महानगरले आगामी आर्थिक वर्षको लागि लिएका लिएका उद्देश्य तथा प्राथमिकता हासिल गर्न पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

वीरगञ्ज महानगरको बजेटका प्राथमिकता

वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षको लागि वर्षको लागि ल्याएको बजेटमा जम्मा पाँचवटा विषयलाई प्राथमिकतामा राखेको छ । महानगरले शिक्षा, स्वास्थ्य, सरसफाइ व्यवस्थापन एवं वातावरण संरक्षण र पर्यटन एवं कृषिलाई आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा राखेको छ ।

त्यस्तै, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह महानगरको बजेटको प्राथमिकतामा रहेको उल्लेख गरेको छ । वीरगञ्जले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ४२ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि