डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गर्छौँ : सञ्चारमन्त्री « Khabarhub

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गर्छौँ : सञ्चारमन्त्री


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गरिने बताएका छन्  ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमा विनियोजित बजेटमा सन्दर्भमा भएको छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मन्त्री गुरुङले आगामी दशकलाई सूचना प्रविधिको दशकका रूपमा अगाडि बढाउने उल्लेख गर्दै डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गरिने जानकारी दिए । 

उनले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता भइसकेको जानकारी दिए । साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेस तयार गर्ने उद्देश्यका साथ राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको उनले बताए । 

मन्त्री गुरुङले ब्रोडब्यान्ड इन्टरनेट सेवा विभिन्न स्थानीय तहका ६ हजार ५६६ वडा केन्द्रमा पुगेको जानकारी दिँदै आगामी आर्थिक वर्षमा सबै वडामा पुराइने उल्लेख गरे । 

पाँच हजार ३४१ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको उनले बताए । उनले सरकारी र सार्वजनिक सेवामा नागरिकको पहुँचलाई सहज बनाउन र सेवाहरूको दक्षता बढाउन अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गर्ने गरी प्रणाली विकास गरिएको धारणा राखे  ।  

मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम प्रविधिको उपयोग गर्न एआई सम्बन्धी नीति स्वीकृतिको चरणमा रहेको जानकारी दिए । 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ४३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले