ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता « Khabarhub

ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको झण्डै साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता कायम गरेको छ ।

महानगरले मंगलबार सातौँ नगरसभाबाट बजेट पारित गर्दै सुशासनदेखि रोजगार प्रवर्द्धनसम्मलाई प्राथमिकताका कार्यक्रममा राखेको हो ।

महानगरले संस्थागत सुदृढीकरण, सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्व र्द्धनलाई बजेटको प्राथमिकतामा रहेको जनाएका छ । 

सुलभ आधारभूत स्वास्थ्य सेवा, रोजगारमूलक एवम् स्तरीय आधारभूत शिक्षा, लैंगिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण र वातावरण संरक्षण कार्यक्रम पनि महानगरको बजेटको प्राथमिकतामा परेका छन् ।

त्यस्तै, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवर्द्धन र विकास, पर्यटन क्षेत्रको प्रवर्द्धन, अपांगमैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धारलाई पनि महानगरले बजेटको प्राथमिकतामा राखेको छ ।

साथै, महानगरले रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरण, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँगको सहकार्य र प्रविधियुक्त एवं नागरिकमैत्री जबाफदेही सेवा प्रवाहलाई बजेटको प्राथमिकतामा रहेको उल्लेख छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : २० बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर