ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता « Khabarhub

ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको झण्डै साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता कायम गरेको छ ।

महानगरले मंगलबार सातौँ नगरसभाबाट बजेट पारित गर्दै सुशासनदेखि रोजगार प्रवर्द्धनसम्मलाई प्राथमिकताका कार्यक्रममा राखेको हो ।

महानगरले संस्थागत सुदृढीकरण, सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्व र्द्धनलाई बजेटको प्राथमिकतामा रहेको जनाएका छ । 

सुलभ आधारभूत स्वास्थ्य सेवा, रोजगारमूलक एवम् स्तरीय आधारभूत शिक्षा, लैंगिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण र वातावरण संरक्षण कार्यक्रम पनि महानगरको बजेटको प्राथमिकतामा परेका छन् ।

त्यस्तै, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवर्द्धन र विकास, पर्यटन क्षेत्रको प्रवर्द्धन, अपांगमैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धारलाई पनि महानगरले बजेटको प्राथमिकतामा राखेको छ ।

साथै, महानगरले रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरण, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँगको सहकार्य र प्रविधियुक्त एवं नागरिकमैत्री जबाफदेही सेवा प्रवाहलाई बजेटको प्राथमिकतामा रहेको उल्लेख छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : २० बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा