उपेन्द्रको दाबी- कांग्रेस र एमाले छुट्टिन लागे, सरकारको समर्थन फिर्ता लिँदैछौँ « Khabarhub

उपेन्द्रको दाबी- कांग्रेस र एमाले छुट्टिन लागे, सरकारको समर्थन फिर्ता लिँदैछौँ


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढेको बताएका छन् ।

उनले नेपाली कांग्रेस– नेकपा एमाले नेतृत्वको वर्तमान गठबन्धनको औचित्य समाप्त भएको भन्दै आफ्नो दलले समर्थन दिएर गल्ती गरेको भन्दै पछुतो व्यक्त गरेका छन् ।

मंगलबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले बाहिर बसेर समर्थन गरे पनि असफल भएको निष्कर्ष निकालेर पछि हट्न लागेको बताए ।

उनले पार्टीको संसदीय समितिलाई समर्थन फिर्ता लिन निर्देशन दिएको स्पष्ट पारे । ‘हाम्रो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ताको निर्णय लिएको छ, अब त्यहीअनुसार निर्णय हुन्छ’, उनले भने ।

यादवले कांग्रेस र एमालेबीचको सहकार्य नै सम्बन्धविच्छेदको अवस्थामा रहेको दाबी गरेका छन् । सरकार पूर्ण रुपमा असफल भएको पनि उनले दोहोर्‍याए । जसपा नेपालले यो सरकारलाई समर्थन गरेको थियो । तर, सरकारमा उसले सहभागिता जनाएको छैन ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ५७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित