जमेको पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

जमेको पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा विद्युत् चुहिएर एकजनाको मृत्यु भएको छ । 

सोही ठाउँस्थित निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर स्थानीय ६४ वर्षीय आशाकाजी महर्जनको आज मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

 करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । 

यसैबीच, आजै ललितपुर महानगरपालिका–१८ नख्खुस्थित विष्णु पहेलीले सञ्चालन गरेको बिटी सुज सेन्टरमा करेन्ट सर्ट भई आज बिहान आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको पनि उनले बताए।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : १७ बजे

‘समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन’

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

बर्खामा शुद्ध खानेपानीको जोहो कसरी गर्ने ?

अघिल्लो महिना काठमाडौंमा पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेज नामक

डिभिजन वन कार्यालय नवलपुरद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

नवलपुर- डिभिजन वन कार्यालय नवलपुरले आजदेखि विभिन्न प्रजातिका बिरुवा वितरण

राज्य व्यवस्थासहित ६ वटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न ६ वटा समितिको बैठक