‘टेक एण्ड पे’ बाट हटेपछि प्रधानमन्त्री र अर्थमन्त्रीले के भने ?
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा नदी प्रवाही आयोजना (आरओआर) बाट उत्पादित बिजुलीका हकमा राखिएको ‘टेक एण्ड पे’ व्यवस्था हटाइएको बारे प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिएका छन् ।

मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक एवङ्ग् खर्च कटौतीमाथि छलफल क्रममा सांसदहरूले उठाएका सवालको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्रीले ‘टेक एण्ड पे’बाट फिर्ता हुनुको कारणबारे सरकारी तर्क राखेका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदी र गंगा कार्कीले उक्त व्यवस्थाबाट सरकार पछि हट्नुको कारणबारे सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘राम्रो गर्न ल्याइएको हो, तर नराम्रो गर्ला कि जस्तो भयो, हटाइयो ।’
नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार
गुराँस गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, १८ गौरवका योजना समावेश
‘टेक एण्ड पे’ : सबै राजनीतिक दलका प्रमुख सचेतकलाई एसएमएस पठाएर खबरदारी
प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित
प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

त्यसअघि बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमाथि सांसदहरूले प्रस्तुत गरेको २३ वटा खर्च कटौतीका प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो ।
आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री
गणेशमानको नाममा बजेटबारे प्रकाशमानको जवाफ- महामानवलाई सम्झिनु राज्यको दायित्व हो
पोखरा, भरतपुर र वीरगञ्ज महानगरको बजेट प्राथमिकतामा के परे ?
स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट प्रत्येक वर्षको असार १० गतेभित्र ल्याउनुपर्ने व्यवस्थाअनुसार मंगलबार साँझसम्म पाँचवटा महानगरले बजेट ल्याएका छन् ।

काठमाडौं महानगर भने आन्तरिक समस्यामा फसेका कारण बजेट अनिश्चित बन्न पुगेको छ ।
अहिलेसम्मै भरतपुर, पोखरा, वीरगञ्ज, विराटनगर र ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । महानगरहरूले आफ्नो बजेटमा भिन्न–भिन्न किसिमका प्राथमिकता तय गरेको देखिएको छ ।
वीरेन्द्रनगरमा चार अर्ब ३८ करोड २७ लाख १५ हजार बजेट प्रस्ताव
ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता
विराटनगरले ल्यायो ४ अर्ब ४० लाखको बजेट
तीन महानगरले ल्याए बजेट, दुईको आज आउँदै, काठमाडौँको अनिश्चित
झिनो अंकले घट्यो नेप्से, कारोबार कति ?
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से ०.२२ अंकले घटेर २६०० विन्दुमा पुगेको छ ।
दिनभरमा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।
काठमाडौंबाहेक अन्य महानगरको बजेट : पोखरा सबैभन्दा बढी, वीरगञ्ज कम
काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच वटा महानगरले बजेट समयमा ल्याएका छन् । पाँच महानगरमा सबैभन्दा ठूलो बजेट पोखरा महानगरले ल्याएको छ, भने सबैभन्दा सानो आकारको बजेट वीरगञ्जले ल्याएको छ ।

पोखराले ८ अर्ब ३५ करोडको बजेट ल्याउँदा ३ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्र ल्याएको छ । सबैभन्दा ठूलो बजेट ल्याउने काठमाडौंको भने बजेट आउने नआउने अन्योल छ ।
प्रतिक्रिया