भारतले इरानबाट उद्धार गरिदिएका दुई नेपाली नयाँदिल्ली आइपुगे « Khabarhub

भारतले इरानबाट उद्धार गरिदिएका दुई नेपाली नयाँदिल्ली आइपुगे


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सहयोगमा युद्धग्रस्त इरानबाट उद्धार गरिएका दुईजना नेपाली नयाँदिल्ली आइपुगेका छन् ।

भारतले इरानबाट आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा दुईजना नेपालीलाई पनि साथमा ल्याएको हो ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई भारत सरकारले इरानबाट उद्धार गरेर ल्याएको जनाएको छ । उनीहरू नयाँदिल्लीबाट नेपालतर्फ लागिसकेको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका नेपाली नागरिकको उद्धारका लागि भारत सरकारसँग सहयोग मागेकी थिइन।

राणाको उक्त आग्रहलाई स्वीकार गरेर भारत सरकारले नेपालीको पनि उद्धार थालेको थियो । इरानमा सय भन्दा धेरै नेपाली रहेको अनुमान छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ०१ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा