भारतले इरानबाट उद्धार गरिदिएका दुई नेपाली नयाँदिल्ली आइपुगे « Khabarhub

भारतले इरानबाट उद्धार गरिदिएका दुई नेपाली नयाँदिल्ली आइपुगे


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सहयोगमा युद्धग्रस्त इरानबाट उद्धार गरिएका दुईजना नेपाली नयाँदिल्ली आइपुगेका छन् ।

भारतले इरानबाट आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा दुईजना नेपालीलाई पनि साथमा ल्याएको हो ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई भारत सरकारले इरानबाट उद्धार गरेर ल्याएको जनाएको छ । उनीहरू नयाँदिल्लीबाट नेपालतर्फ लागिसकेको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका नेपाली नागरिकको उद्धारका लागि भारत सरकारसँग सहयोग मागेकी थिइन।

राणाको उक्त आग्रहलाई स्वीकार गरेर भारत सरकारले नेपालीको पनि उद्धार थालेको थियो । इरानमा सय भन्दा धेरै नेपाली रहेको अनुमान छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ०१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस