सलमानलाई लागेको ‘ट्राइजेमिनल न्यूराल्जिया’ कस्तो रोग हो ?  « Khabarhub

सलमानलाई लागेको ‘ट्राइजेमिनल न्यूराल्जिया’ कस्तो रोग हो ? 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

चर्चित बलिउड अभिनेता सलमानखानले आफूलाई न्युरोसम्बन्धी रोग ट्राइजेमिनल न्यूराल्जिया भएको बताएका छन् । 

हास्य कलाकार कपिल शर्माको कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजनमा पहिलो अतिथि बनेका अभिनेता खानले एक प्रश्नको क्रममा आफू ब्रेन एन्युरिज्मु रोगबाट पीडित भएको बताए । 

स्वास्थ्य समस्याबारे कुरा गर्दै सिकन्दरको छायांकनको क्रममा उनको करङमा चोट लागेको बताएका छन् । उनले भनेका छन्, ‘हामी हरेक दिन हड्डी भाँचिरहेका छौँ, करङ भाँचिएका छन्, हामी ट्राइजेमिनल न्यूराल्जियासँग काम गरिरहेका छौँ । मस्तिष्कमा एन्युरिज्म छ, अझै पनि काम गरिरहेका छौँ । अझै हामी हिँडिरहेका छौँ । म एक्सन गर्छु । हिँड्न सक्दिन, अझै पनि म नाचिरहेको छु । मेरो जीवनमा यही भइरहेको छ ।’ 

आफ्नो फिल्म सिकंदरको प्रचार गर्न शोमा आएका खानसँग कपिल र बाँकी टोलीले उनको फिल्म र व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरू सोधेका थिए ।

विभिन्न सञ्चारमाध्यमहरू तथा सामाजिक सञ्जालहरुमा यो खबर छापिएपछि सलमानलाई लागेको यो रोग कस्तो हो ? भन्ने कुरा धेरैको चासो बनेको छ । ट्राइजेमिनल न्यूराल्जिया गम्भीर र कष्टदायी पीडा दिने रोग भए पनि उचित औषधि र उपचारद्वारा नियन्त्रण गर्न सकिने चिकित्सक बताउँछन् ।

सलमानलाई लागेको ट्राइजेमिनल न्यूराल्जिया कस्तो रोग हो ? के कारणले लाग्छ ? यसको उपचार सम्भव छ की छैन भन्ने विषयमा वरिष्ठ न्युरो सर्जन डा. चन्द्रमान प्रजापतिसँग हामीले कुराकानी गरेका छौँ । 

ट्राइजेमिनल न्यूराल्जिया कस्तो रोग हो ? 

यो एउटा स्नायुसम्बन्धी समस्या हो । अनुहारमा छोएको थाहा पाउने, लगायतको महशुस गराउने स्नायु हुन्छ । जुन मस्तिष्कबाट अनुहारको भाग निधारदेखि कानसम्म आएको हुन्छ ।

यसमा कुनै किसिमको दबाब वा अवरोध आएमा अनुहारको भागमा अत्यधिक दुखाई हुन्छ । यस्तो अवस्थामा खाना खान नमिल्ने, दाह्री काट्न नमिल्ने, दाँत माझ्न नमिल्ने हुन्छ भने कसै-कसैलाई पंखाको हावाले पनि दुख्ने हुन्छ । यस्तो अवस्थालाई ट्राइजेमिनल न्यूराल्जिया भनिन्छ 

के यो रोग नयाँ हो ?

यसलाई नयाँ त भन्न मिल्दैन । प्रायजसो बिरामीहरूलाई देखिइरहेको हुन्छ । यो रोगको अवस्थाबारे त ठ्याक्कै भन्न सकिन्न । तर हाम्रो ओपीडीमा अनुहार दुखेको लक्षण लिएर आउने बिरामीहरूमा फाट्फुट्ट देखिरहेको छ । 

ट्राइजेमिनल न्यूराल्जिया के कारणले हुन्छ ? 

हाम्रो शरीरको बनावटका कस्तो छ त्यो कारणले पनि यो रोग लाग्न सक्छ । जस्तै स्नायुको बाटो र रगत नलीसँगै टाँसिएर थिचिँदा या कुनै किसिमको ट्युमरले थिचिँदा ट्राइजेमिनल न्यूराल्जिया हुन्छ । 

त्यस्तै अनुहारमा लागेको चोटपटक, दाँत, स्टोक नसाको समस्या  लगायत कारणले पनि यो हुनसक्छ । 

उपचार विधि के छ ? 

यसको उपचार विधि भनेको पहिले औषधिबाट प्रयास गर्ने । यदि औषधिबाट निको नभए शल्यक्रिया गर्नुपर्छ । 

शल्यक्रियाको विधिमा माइक्रोभ्यास्कुलर डिकम्प्रेसन गरिन्छ जसमा बिरामीको खप्पर खोलेर स्नायु तथा रगत नली जोडिएको छ भने तिनलाई छुट्याउनुपर्छ र यो उपचार निकै प्रभावकारी मानिन्छ । 

स्नायुको बाटोमा के कारणले अवरोध पारिरहेको छ भन्ने कुराले प्रभाव पार्छ । कसैलाई औषधिले मात्रै पनि निको भइरहेको हुन्छ भने कसैको शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । 

ट्राइजेमिनल न्यूराल्जिया र ब्रेनसँगै सम्बन्धित रोग ब्रेन एन्युरिज्म कत्तिको अन्तरसम्बन्धित छन् ?
 
ब्रेन एन्युरिज्म भनेको रक्तनलीसंग सम्बन्धित रोग हो । यो रक्तनली फुलेर आउने र वरीपरीका स्नयुलाई थिच्ने र यो फुट्दा ब्रेनमा रगत बगेर हुने समस्या हो । त्यसैले ट्राइजेमिनल न्यूराल्जिया र ब्रेन एन्युरिज्मको ठ्याक्कै सम्बन्ध छैन । 

एन्युरिज्म जेनेटिकल्ली र हाम्रो खानपान तथा जीवनशैलीका कारण जुनसुकै उमेरमा पनि देखिन्छ भने ट्राइजेमिनल न्यूराल्जिया उमेर बढ्दै जाँदा देखिने सम्भावना धेरै हुन्छ । यो कुनै व्यक्तिको शरीरको बनावटका आधारमा हुने समस्या भएकाले दुवै रोग न्यूरोसँग सम्बन्धित भए पनि एकदमै फरक छन् । 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ३६ बजे

विराटनगरका बसिरले पनि हाने अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर

गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार

फुङ्लिङ– ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको

कर्णालीविरुद्ध धरापमा विराटनगरको ब्याटिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

पर्यटन पूर्वाधारमा लगानी बढाउन माग

पाँचथर– पाँचथरमा पर्यटन विकासका लागि पूर्वाधारमा लगानी बढाउन सरोकारवालाले माग