एमालेका जनप्रतिनिधिद्वारा बराहक्षेत्रको नगर सभा बहिष्कार  « Khabarhub

एमालेका जनप्रतिनिधिद्वारा बराहक्षेत्रको नगर सभा बहिष्कार 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेकपा एमालेका जनप्रतिनिधिहरूले सुनसरीको बराहक्षेत्र नगरपालिकाको १६ औं नगर सभा बहिष्कार गरेका छन् । 

वडाको बजेट सिलिङ अपर्याप्त भएको र समपूरक शीर्षकमा सन्तुलित बजेट विनियोजन हुनुपर्ने माग राख्दै आएका एमालेका जनप्रतिनिधिको माग सुनुवाइ नभएपछि नगर सभा बहिष्कार गरेको बराहक्षेत्र-२ का वडाध्यक्ष होमप्रसाद गौतमले बताए । 

समपूरक शीर्षकअन्तर्गत सङ्घीय सरकारले बराहक्षेत्रका लागि ३ करोड ४१ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ । वडाध्यक्ष गौतमका अनुसार समपूरक शीर्षकमा नगरले ६० प्रतिशत योगदान गर्नुपर्ने हुन्छ । समपूरक बजेटका योजना सबै वडालाई दामासाहीले वितरण गर्नुपर्ने एमालेका जनप्रतिनिधिको माग छ । 

बजेटका शीर्षकमा दफावार छलफलमा रहेको बराहक्षेत्रको नगर सभाको दोस्रो दिन बहुमतमा रहेको नेपाली कांग्रेस नेतृत्वका नगर प्रमुखले माग पूरा गर्न नचाहेको भन्दै एमालेका जनप्रतिनिधिले सभा बहिष्कार गरेका हुन् ।

नगरमा एमालेका तर्फबाट ३ वडाध्यक्षसगित २४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । उपमेयर नन्दकुमारी सुनुवारबाहेक एमालेका २३ जनप्रतिनिधिले सभा बहिष्कार गरी नगरपालिका मूल गेटमा धर्ना दिएका छन् । 

‘प्राविधिक कारणले उपमेयर बाहिर निस्कनु भएन हामी निस्क्यौँ, ‘ बराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापाले भने ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना