दोलखाका अधिकांश स्थानीय तहहरूको बजेट सार्वजनिक | Khabarhub Khabarhub

दोलखाका अधिकांश स्थानीय तहहरूको बजेट सार्वजनिक


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका ९ स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२-०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।

जिल्लाको वैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२औ०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा सुरु भएको गाउँसभाको १७औँ अधिवेशनमा उपाध्यक्ष कल्पना उप्रेतीले आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम तथा प्रस्तावित बजेट प्रस्तुत सार्वजनिक गरेकी थिइन्।

उपाध्यक्ष उप्रेतीले  आगामी आर्थिक वर्षको लागि ५६ करोड ३८ लाख १९ हजार ७ सय  बराबरको बजेट सभामा प्रस्तुत पूंजीगत तर्फ ३४ करोड ९५ लाख ६८ हजार २ सय १४ रुपैयाँ र चालु तर्फ २१ करोड ४२ लाख ५१ हजार ४ सय ७८ रुपैयाँ बराबरको बजेट ल्याउन प्रस्ताव गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले जानकारी दिए।

त्यसैगरी पालिकाले वार्षिक कार्यक्रम तर्फ बैतेश्वर गाउँपालिकाभित्र रहेका बाल विकास केन्द्र सहयोगी कार्यकर्ताहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, स्नातक सम्म सञ्चालन भएका सामुदायिक क्याम्पसहरूलाई पूर्वाधार विकासका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने, विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने, पालिकाभित्रका शैक्षिक संस्थाहरूमा सूचना प्रविधिमैत्री शिक्षण सिकाइ गरी शिक्षामा नविनतम् प्रविधिहरूको विकास र व्यवस्थापनमा सहयोग र सहकार्य गरिने जानकारी भएको छ।

त्यसैगरी दलित प्रोत्साहन कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम, एक घर एक धारा कार्यक्रम, व्यवसायीक कृषिमा उत्पादनमुखी अनुदान, बजारीकरण, एक वडा एक उत्पादन पकेट कार्यक्रम सञ्चालन, ग्रामीण सडक कालोपत्रे तथा ढलान कार्यक्रमलाई निरन्तर दिने वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको गाउँ सभामा उपाध्यक्षले बताइन्।

साथै गाउँ सभाको १७ औं अधिवेशनको पहिलो बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। कार्यक्रममा आर्थिक नीति ,राजस्वको दर, तथा संशोधित दोस्रो सहकारी ऐन, आर्थिक विधेक, विनियोजन विधेयक, सो मुल्यांकन, महालेखा परीक्षणको वार्षिक प्रतिवेदन गाउँपालिकाका बरिष्ठ शाखा अधिकृत रबिन्द्र चौलागाईं गरेका थिए।

त्यसैगरी जिल्लाको भीमेश्वर नगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। भीमेश्वरले  आर्थिक वर्ष २०८२-८३ कालागि ८८ करोडको बजेट सार्वजनिक गरिएको छ । मंगलवार सातौं नगरसभा समक्ष सो बजेट सार्वजनिक गरिएको हो ।नगरसभामा बजेट बक्तब्य प्रस्तुत गर्दै भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले आर्थिक वर्ष २०८२-८३ का लागि ८८ करोड ६ लाख सात हजार रुपैयाँको अनुमानित आय–ब्ययको विवरण ( बजेट) प्रस्तुत गरेकी थिइन्।

त्यसैगरी जिल्लाको तामाकोशी गाउँपालिकाले पनि  आगामी आर्थिक वर्षका लागि ७५ करोड ६६ लाख ५० हजार बराबरको बजेट ल्याएको छ । सोमबार आयोजित गाउँसभाको सातौँ अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सिर्जना खड्का सुवेदीले आगामी वर्षका लागि कुल ७५ करोड ६६ लाख ५० हजार बराबरको बजेट तथा वार्षिक नीति कार्यक्रमहरू सार्वजनिक गरेकी थिइन्। 

गौरीशंकर गाउँपालिकाको बजेट ६४ करोड 
त्यस्तै जिल्लाको गौरीशंकर गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ६४ करोड २२ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १७ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको लागि ६४ करोड २२ लाख ६९ हजार बराबरको बजेट सार्वजनिक गरेको  हो ।

गाउँसभामा उपाध्यक्ष उमा लुङ्गेली मगरले गौरीशंकरमा आगामी वर्षका लागि संघीय सरकारबाट ३८ करोड २२ लाख ५७ हजार, प्रदेश सरकारबाट ११ करोड ९३ लाख १२ हजार र गाउँपालिकाको आन्तरिक राजस्वतर्फ ३३ लाख आम्दानी हुने अनुमान सहित ६४ करोड २२ लाख ६९ हजार बराबरको बजेट गाउँसभामा प्रस्ताव गरेकी थिइन् । त्यसैगरी जिल्लाको शैलुङ गाउँपालिकाले पनि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको छ। शैलुङ आगामी वर्षको लागि ६६ करोड ८० लाख १६ हजार बराबरको बजेट ल्याएको छ।जसमा चालु तर्फ ३५ करोड ६७ लाख ७६ हजार र पूँजीगत तर्फ ३१ करोड १८ लाख ४२ हजारको बजेट निर्माण गरेको शैलुङ गाउँपालिकाले जनाएको छ।

त्यसैगरी  जिरी नगरपालिकाको  आगामी वर्षको बजेट ल ५७ करोड ४७ लाख १६ हजार रहेको जिरी नगरपालिकाले जनाएको छ। १६ औं नगर सभामा नगर उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले ५७ करोड ४७ लाख १६ हजार बराबरको बजेट सार्वजनिक गरेकी थिइन्।यता कालिञ्चोक गाउँपालिकाले पनि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेपनि बजेट भने सार्वजनिक नगरेको कालिञ्चोक गाउँपालिकाकि सूचना अधिकारी रोशनी आचार्य बताइन्।

त्यसैगरी जिल्लाको मेलुङ गाउँपालिकाले पनि  आगामी वर्षको लागि ५३ करोड ७ लाख ६६ हजार बराबरको बजेट ल्याएको उपाध्यक्ष गायत्री आचार्यले बताइन्।पालिकाले चालु तर्फ ३३ करोड २० लाख ७७ हजार र पूंजीगत तर्फ १९ करोड ८६ लाख ५१ हजार  बराबरको बजेट सार्वजनिक गरेको थियो।

उता जिल्लाको विगु गाउँपालिकाको गाउँ सभा तथा नीति कार्यक्रम र बजेट ल्याउने तयारी भईरहेको र मंगलबार साँझ अबेरसम्म भएपनि प्रस्तावित बजेट ल्याउने तयारी भएको बुझिँएको छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ८ : ०७ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का