अनुप र मिलनको चौथो सहकार्य ‘सुम्निमा’ « Khabarhub

अनुप र मिलनको चौथो सहकार्य ‘सुम्निमा’


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अञ्जिला’को व्यावसायिक सफलतापछि निर्देशक मिलन चाम्स फिल्म ‘सुम्निमा’ निर्माणमा जुटेका छन् । यस फिल्मका लागि अहिले कलाकार चयन भइरहेकाे छ ।

फिल्ममा नायक कन्साङ बमजा र नायिका उपासनासिंह ठकुरी यसअघि नै अनुबन्ध भइसेका छन् । अब नायक अनुपविक्रम शाहीको प्रवेश भएको छ ।

निर्माण पक्षले बुधबार अनुप अनुबन्ध भएको सार्वजनिक गरेको हो । उनलाई खलपात्र वा उपासनाको जोडीको भूमिकाका लागि अनुबन्ध गरिएको हाे भन्नेबारे निर्माण पक्षले अहिले खुलाएको छैन ।

तथापि यो निर्देशक चाम्स र अनुपको चौथो सहकार्य हुनेछ । यसअघि उनीहरुले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ सहकार्य गरेका थिए । उनीहरु सात वर्षपछि सहकार्यका लागि तयार भएका हुन् ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो फिल्मको लेखक राजीव थापा हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ६ : ३५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको