अनुप र मिलनको चौथो सहकार्य ‘सुम्निमा’ « Khabarhub

अनुप र मिलनको चौथो सहकार्य ‘सुम्निमा’


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अञ्जिला’को व्यावसायिक सफलतापछि निर्देशक मिलन चाम्स फिल्म ‘सुम्निमा’ निर्माणमा जुटेका छन् । यस फिल्मका लागि अहिले कलाकार चयन भइरहेकाे छ ।

फिल्ममा नायक कन्साङ बमजा र नायिका उपासनासिंह ठकुरी यसअघि नै अनुबन्ध भइसेका छन् । अब नायक अनुपविक्रम शाहीको प्रवेश भएको छ ।

निर्माण पक्षले बुधबार अनुप अनुबन्ध भएको सार्वजनिक गरेको हो । उनलाई खलपात्र वा उपासनाको जोडीको भूमिकाका लागि अनुबन्ध गरिएको हाे भन्नेबारे निर्माण पक्षले अहिले खुलाएको छैन ।

तथापि यो निर्देशक चाम्स र अनुपको चौथो सहकार्य हुनेछ । यसअघि उनीहरुले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ सहकार्य गरेका थिए । उनीहरु सात वर्षपछि सहकार्यका लागि तयार भएका हुन् ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो फिल्मको लेखक राजीव थापा हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ६ : ३५ बजे

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको