आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ८ गते बिहीबार। साउन कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२५ जुलाई २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आफन्तको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यले साथ दिनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ। छोटो दूरीको सुखद् यात्रा हुने योग परेको छ।

वृष : दिन सामान्य छ। आफन्तसँग कम बोल्नु उचित हुन्छ। व्यापारमा घाटा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मिथुन : दिन राम्रो छ। मनमा उत्साह थपिने छ। तपाईंले सुरु गरेको काम सहजै बन्नेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ। स्वास्थ्य शिक्षा र रोजगारीको अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य छ। सोचेका काम सहज बन्नेछन्। अनावश्यक यात्रामा खर्च हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ। समय, ऊर्जा र पैसा खर्च हुनेछ। यात्रा आजका लागि स्थगित गर्नु राम्रो हुन्छ।

सिंह : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवनमा सुख मिल्ने योग छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कन्या : दिन राम्रो छ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिको साथ र सहयोग मिल्नेछ।

तुला : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। राज्यको तर्फबाट भयको जोखिम  छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गुरुको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

धनु : व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। सहकार्यमा गरेको कामबाट फाइदा हुने योग छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। विपक्षीमाथि विजय प्राप्त गर्ने योग छ। स्वास्थ्य शिक्षा र पारिवारिक क्षेत्रमा तपाईं अब्बल बन्नुहुनेछ।

कुम्भ : दिन कष्टकर छ। मन अशान्त बन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा ठुलो मिहिनेतको आवश्यकता देखिन्छ। व्यापारमा घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुँदा फाइदा हुनेछ।

मीन : दिन सामान्य छ। पारिवारिक कारणले मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ। बढी सोच्ने बानीले मनमा निरासा बढ्नेछ। सहकर्मीसँग विवाद नगर्नु उचित हुन्छ। प्रेममा खटपटी बढ्नेछ। 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ५ : ०६ बजे

माओवादीसहित नौ दल मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’, राखियो संयोजक र सह-संयोजक पद

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित ९ दल मिलेर बनेको नयाँ दलको

१० घण्टामा झण्डै २ हजार डलरले घट्यो बिट्क्वाइनको मूल्य

काठमाडौं– पछिल्लो १० घण्टामा क्रिप्टोकरेन्सी बिट्क्वाइनको मूल्य झण्डै २ हजार

राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले राजनीति छोडेको

शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा

 महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि