आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ८ गते बिहीबार। साउन कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२५ जुलाई २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आफन्तको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यले साथ दिनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ। छोटो दूरीको सुखद् यात्रा हुने योग परेको छ।

वृष : दिन सामान्य छ। आफन्तसँग कम बोल्नु उचित हुन्छ। व्यापारमा घाटा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मिथुन : दिन राम्रो छ। मनमा उत्साह थपिने छ। तपाईंले सुरु गरेको काम सहजै बन्नेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ। स्वास्थ्य शिक्षा र रोजगारीको अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य छ। सोचेका काम सहज बन्नेछन्। अनावश्यक यात्रामा खर्च हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ। समय, ऊर्जा र पैसा खर्च हुनेछ। यात्रा आजका लागि स्थगित गर्नु राम्रो हुन्छ।

सिंह : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवनमा सुख मिल्ने योग छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कन्या : दिन राम्रो छ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिको साथ र सहयोग मिल्नेछ।

तुला : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। राज्यको तर्फबाट भयको जोखिम  छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गुरुको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

धनु : व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। सहकार्यमा गरेको कामबाट फाइदा हुने योग छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। विपक्षीमाथि विजय प्राप्त गर्ने योग छ। स्वास्थ्य शिक्षा र पारिवारिक क्षेत्रमा तपाईं अब्बल बन्नुहुनेछ।

कुम्भ : दिन कष्टकर छ। मन अशान्त बन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा ठुलो मिहिनेतको आवश्यकता देखिन्छ। व्यापारमा घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुँदा फाइदा हुनेछ।

मीन : दिन सामान्य छ। पारिवारिक कारणले मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ। बढी सोच्ने बानीले मनमा निरासा बढ्नेछ। सहकर्मीसँग विवाद नगर्नु उचित हुन्छ। प्रेममा खटपटी बढ्नेछ। 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ५ : ०६ बजे

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा