गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात « Khabarhub

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आवमा नेपालमा ३९ अर्ब ८८ करोड ३५ लाख ८७ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको हो ।

विभागको तथ्याङ्कअनुसार गत आवमा १० अर्ब ८३ करोड ४६ हजार रुपैयाँ बराबरको साधारण चामल १६ करोड ५४ लाख १८ हजार एक सय ९९ किलोग्राम चामल आयात भएको थियो । यस्तै, सात अर्ब ५२ करोड ९७ लाख ५७ हजार रुपैयाँ बराबरको ६ करोड ८७ लाख नौ हजार ६ सय २८ किलोग्राम बासमती चामलको आयात भएको थियो ।

साथै, सो आवमा सात लाख ३७ हजार रुपैयाँको खैरो चामल आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, गत आवमा २० अर्ब ३५ करोड ७१ लाख चार हजार रुपैयाँ बराबरको ५३ करोड ११ लाख ४४ हजार पाँच सय ३२ केजी धान आयात भएको थियो । साथै, सोही आवमा एक अर्ब १६ करोड ६६ लाख ८० हजार २५ लाख ७० हजार सात सय २७ केजी धान बिउ आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०–०८२ मा नेपालमा २१ अर्ब ३४ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ९ : ०१ बजे

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य