गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात « Khabarhub

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आवमा नेपालमा ३९ अर्ब ८८ करोड ३५ लाख ८७ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको हो ।

विभागको तथ्याङ्कअनुसार गत आवमा १० अर्ब ८३ करोड ४६ हजार रुपैयाँ बराबरको साधारण चामल १६ करोड ५४ लाख १८ हजार एक सय ९९ किलोग्राम चामल आयात भएको थियो । यस्तै, सात अर्ब ५२ करोड ९७ लाख ५७ हजार रुपैयाँ बराबरको ६ करोड ८७ लाख नौ हजार ६ सय २८ किलोग्राम बासमती चामलको आयात भएको थियो ।

साथै, सो आवमा सात लाख ३७ हजार रुपैयाँको खैरो चामल आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, गत आवमा २० अर्ब ३५ करोड ७१ लाख चार हजार रुपैयाँ बराबरको ५३ करोड ११ लाख ४४ हजार पाँच सय ३२ केजी धान आयात भएको थियो । साथै, सोही आवमा एक अर्ब १६ करोड ६६ लाख ८० हजार २५ लाख ७० हजार सात सय २७ केजी धान बिउ आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०–०८२ मा नेपालमा २१ अर्ब ३४ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ९ : ०१ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी