टर्कीमा रुस-युक्रेन वार्ता : बन्दी रिहा गर्ने सहमति « Khabarhub

टर्कीमा रुस-युक्रेन वार्ता : बन्दी रिहा गर्ने सहमति


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – टर्कीको इस्तानबुलमा बुधबार भएको वार्ता पछि रुस र युक्रेन बन्दी रिहा गर्नका लागि सहमत भएका छन्।

इस्तानबुलमा बुधबार आधा घण्टा भन्दा छोटो समयमा सकिएको वार्तामा सो सहमति भएको हो। युद्ध विरामका लागि प्रयास भने दुई देशका राष्ट्रपतिको भेटमा नै अघि बढ्ने जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ५० दिनको डेट लाइन दिएपछि यो वार्ताअघि बढेको हो। रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनले भने ट्रम्पको अभिव्यक्तिको बारे कुनै धारणा सार्वजनिक गरेका छैनन्।

टर्कीमा वार्ता जारी रहेकै समयमा पनि रुसले युक्रेनमाथि ड्रोन र मिसाइल आक्रमण गर्न छाडेको छैन।

बुधबारको वार्तापछि युक्रेनको नेतृत्व गरिरहेका पूर्व रक्षा मन्त्री रुस्तम उमेरोभले अगस्टको अन्त्यमा वार्ताको प्रस्ताव गरेको बताए। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिकायप तैयावको उपस्थितिमा वार्ता भए निष्कर्ष निकाल्न सहज हुने पनि बताएका छन्।

वार्ताको नेतृत्व गरिरहेका रुसी राष्ट्रपति पुटिनका एइडिआई भ्लाडिमिर मेडिन्सकीले युद्ध विरामको नजिक पुगेपछि मात्र त्यसरी शीर्ष तहको वार्तामा औचित्य हुने कुरा रोयटर्ससँगको अन्तरवार्तामा बताएका छन्।

युद्ध विरामको मुख्य शर्तका विषयमा भने सहमति भएको छैन। युक्रेनले पूर्ण युद्ध विराम प्रस्ताव गरेको छ भने रुसले अल्पकालीन युद्ध विरामको प्रस्ताव गरेको छ। रुसले सुरुमा २४ देखि ४८ घण्टाको युद्ध विराम गर्दै शवको खोजी गर्ने र घाइतेको उद्धारमा सक्रिय हुने योजना अघि ल्याएको छ।

दुवै टोली २५० बन्दी रिहा गर्न सहमत भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। निकट भविष्यमा नै थप १२ सय बन्दी रिहा गर्ने कुरामा पनि सहमति भएको छ। मे र जुन महिनामा भएको वार्तामा पनि बन्दी रिहा गर्ने सहमति भएको थियो।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ९ : ४३ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना