काँकरभिट्टा नाकाबाट १९ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात « Khabarhub

काँकरभिट्टा नाकाबाट १९ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– गत आर्थिक वर्ष २०८१–०८२ मा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाइँका अनुसार अघिल्लो आव २०८०–०८१ को तुलनामा ९० करोड ८२ लाख अर्थात चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ ।

आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ६ दशमलव ५० प्रतिशत अर्थात ५९ करोड ६९ लाख १० हजारले बढेको सूचना अधिकारी हुमागाइँले बताए ।

कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८१–०८२ मा पेट्रोलियम पदार्थ आयातबाट नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधीमा आठ अर्ब ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो ।

यसैगरी सात अर्ब तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ ।

यसैगरी उक्त अवधीमा दुई अर्ब ८२ करोड मूल्य पर्ने २५ हजार ५६८ मेट्रिकटन एलपी ग्यास, ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोलिटर एटीएफ र २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ । (रासस)

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १२ : १२ बजे

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा