बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश खैरुल हक पक्राउ | Khabarhub Khabarhub

बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश खैरुल हक पक्राउ


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेश प्रहरीले बिहीबार देशका पूर्वप्रधानन्यायाधीश एबिएम खैरुल हकलाई पक्राउ गरेको छ ।

डिटेक्टिभ शाखा डिबी प्रहरीको टोलीले उनलाई स्थानीय समयानुसार आज बिहान ८ बजेतिर उनको धानमन्डी निवासबाट पक्राउ गरेको थियो ।

डिबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकको गिरफ्तारीको पुष्टि गरेका छन् ।

“हो, हामीले उहाँलाई पक्राउ गरेका छौँ”, इस्लामले भने, “उहाँविरुद्ध तीनवटा मुद्दा छन् ।”

खैरुल हकले बङ्गलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा सेवा गरेका छन् ।

अगस्ट १८ मा सर्वोच्च अदालतका वकिल मुजाहिदुल इस्लाम शाहिनले खैरुलविरुद्ध भ्रष्टाचार र न्यायिक फैसलामा परिवर्तन गरेको आरोप लगाउँदै शाहबाग प्रहरी चौकीमा मुद्दा दायर गरेका थिए ।

यसअघि १५ अगस्टमा नारायणगञ्जको फतुल्ला प्रहरी चौकीमा अर्को मुद्दा दर्ता भएको थियो । फतुल्ला थाना बिएनपीका महासचिव तथा नारायणगञ्ज जिल्ला बार एसोसिएसनका पूर्वअध्यक्ष अब्दुल बारी भुइयाँले मुद्दा दायर गरेका थिए ।

भुइयाँको उजुरी १३ वर्षअघि कार्यवाहक सरकारी प्रणालीलाई खारेज गर्ने ऐतिहासिक फैसलासँग सम्बन्धित छ । उनले खैरुलमाथि संविधानको १३औँ संशोधनलाई रद्द गर्न मूल फैसला परिवर्तन गरेको र प्रक्रियामा जालसाजी गरेको आरोप लगाए ।

खैरुलले सन् २०१० अक्टोबर १ देखि सन् २०११ मे १७ सम्म बङ्गलादेशको प्रधानन्यायाधीशका रूपमा सेवा गरे । सन् २०११ मेमा उनको नेतृत्वमा पुनरावेदन बेन्चले विवादास्पद फैसला सुनाउँदै १३औँ संशोधनलाई असंवैधानिक घोषणा गरेको थियो । बिडीन्युजका अनुसार यसले राष्ट्रिय चुनावको निरीक्षण गर्न प्रयोग गरिएको कार्यवाहक प्रणालीलाई प्रभावकारी रूपमा अन्त्य गरेको थियो ।

बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेवा गरेका राजनीतिज्ञ, अर्थशास्त्री, शीर्ष निर्वाचन अधिकारी, नौकरशाह र प्रहरीसहित विभिन्न स्तरका व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ ।

गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिना अपदस्थ भएका थिए । उनको पतनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १२ : ५२ बजे

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका

आयोगको निष्कर्ष : सबै दल चुनावमा जान तयार छन्, विगतमा बहिष्कार र विरोध गर्ने पनि दर्ता भए

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १५ औँ महाधिवेशनको मितिमा बहस

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको