सांग्रिला डेभलपमेन्ट बैंकको नाफा सामान्य बढ्दा वितरणयोग्य नाफामा उछाल  « Khabarhub

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा सामान्य बढ्दा वितरणयोग्य नाफामा उछाल 


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिरहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा सामान्य बढेको छ भने वितरणयोग्य नाफामा उछाल आएको छ । 

गत आर्थिक वर्षमा बैंकको ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको छ । चालु आवको बैंकको नाफा ६.५१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा बैकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ मात्र गरेको थियो । 

बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । जुन अघिल्लो आवको तुलनामा २१३.८१ प्रतिशत बढी हो । अघिल्लो आवको यस्तो नाफा बैंकको १३ करोड १८ लाख ७६ हजार रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा बैंकको इपीयस ०.४० प्रतिशतले वृद्धि भएर १५ रुपैयाँ १० पैसा पुगेको छ भने पिइ रेसियो ३०.६५ रहेको छ । प्रतिशेयर नेटवर्थ ११.९० प्रतिशतले वृद्धि भएर १५६ रुपैयाँ ७१ पैसा रहेको छ । बैंकको खरब कर्जा ५.६४ प्रतिशत पुगेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ  रहेको बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ । बैंकले गत वर्ष ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १ : २५ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक