अमेरिकामा गाँजाबाट बनेको पेय पदार्थको बिक्री बढेसँगै रक्सी व्यवसायी चिन्तित « Khabarhub

अमेरिकामा गाँजाबाट बनेको पेय पदार्थको बिक्री बढेसँगै रक्सी व्यवसायी चिन्तित


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा गाँजाबाट बनेको पेय पदार्थको व्यापार बढ्दै जाँदा रक्सी उत्पादक चिन्तित बनेका छन् । अमेरिकामा अहिले गाँजाबाट निर्मित क्यान र विङ्कलगतयत पेय पदार्थका ब्राण्डले बजार बढाइरहेका छन् ।

यी ब्राण्डले आफ्नो व्यापार विस्तार गर्न बियर र रक्सी वितरकसँग सम्झौता समेत गरेका छन् । यसले गर्दा रक्सी पसलमा समेत गाँजाबाट निर्मित पेय पदार्थ उपलब्ध छ ।

तर, अब भने रक्सी उत्पादक कम्पनी नै यो बजारमा प्रवेश गर्ने तयारीमा छन् । समाचार संस्था रोयटर्सका अनुसार गाँजा व्यवसायीले कतिपय रक्सी उत्पादक यस बजारमा प्रवेश गर्ने तयारीमा लागेका छन् ।

गाँजामा पाइने टेट्राहाइड्रोक्यानाबिनोल अर्थात् टीएचसी नामक पदार्थले मानिसलाई मात लाग्ने बताइन्छ । अमेरिकाका २४ राज्यमा गाँजा र टीएचसीको प्रयोग वैध छ । तर, टीएचसीको सानो अंश भाङ्गको बोटमा पनि पाइन्छ ।

भाङ्ग अमेरिकाभर वैध रहेको रोयटर्सले उल्लेख गरेको छ । भाङ्गबाट निकालिएको टीएचसी प्रयोग गरी उत्पादन गरिएको पेय पदार्थ रक्सी पसल, सुपरमार्केट र किराना पसलमा समेत सहजै बिक्री गर्न सकिने अपेक्षा गरिएको छ ।

रक्सी उत्पादक कम्पनीले यही कानुनी छिद्रमा ठूलो अवसर देख्न थालेको रोयटर्सको समाचारमा जनाइएको छ । कोरोना ब्रुअर नामक रक्सी उत्पादकले पछिल्लो समय भाङ्गमा आधारित पेय पदार्थका बारेमा शोधलाई तीव्रता दिएको छ ।

त्यसबाहेक एब्सलुट भोड्का उत्पादक पेर्नोड रिकर्डले भाङ्गबाट निर्मित पेय पदार्थ उत्पादन गर्ने ब्रेज नामक कम्पनीसँग सहकार्य गर्न चाहेको छ । गत महिनामात्रै यी दुई कम्पनीबीच लगानी वृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

ब्रेज कम्पनीका संस्था आरोन नोस्बिकले अहिले नै लगानी नगरेपनि यसबारे छलफल चाहिँ भएको पुष्टि गरेका छन् । यसबारे पेर्नोडले टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारीपछि अमेरिकामा रक्सीको बिक्रीमा मन्दी देखिएको छ । महामारीको लकडाउन बेला उपभोक्ताले रक्सीका बोतल खरिद गरेर घरमै पिउने गरेका थिए । लकडाउन खुलेपछि उपभोक्ताहरु रेस्टुरेन्ट र बारमा पिउन थाले ।

त्यसयता अमेरिकामा रक्सीको बिक्री घट्दै गएको छ ।

पछिल्लो समय थोरै रक्सी पिउँदा पनि विभिन्न क्यान्सरको जोखिम हुने स्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् । यसले गर्दा पनि उपभोक्ताहरुले रक्सी पिउन कम गरेको हुनसक्ने जनाइएको छ ।

अमेरिकाको बियर प्रतिष्ठानका अनुसार बियरको खपत यो मे महिनामा ६ प्रतिशतले घटेको छ । वाइन र स्पिरिट बेच्ने थोक बिक्रेताका अनुसार स्पिरिट र वाइनको बिक्री पनि क्रमशः ५.६ र ९ प्रतिशतले ओरालो लागेको छ ।

व्यवसायले वृद्धि हासिल गर्न नसक्दा संसारकै सबैभन्दा ठूलो रक्सी उत्पादक कम्पनी डिएगोका प्रमुख कार्यकारी अधिकारीले गत वर्ष राजीनामा दिएका थिए ।

तर, भाङ्गमा आधारित पेय पदार्थको बिक्री भने अनपेक्षित रुपमा बढिरहेको छ । यस वर्ष यस्तो बजार १ अर्ब डलर बराबर हुने अपेक्षा गरिएको छ । बजारको शोध गर्ने युरोमनिटर नामक संस्थाका अनुसार सन् २०२८ सम्म यो बढेर ४ अर्ब डलर पुग्नेछ ।

मोस्लोन कुरका प्रमुख कार्यकारी ग्याभिन हाटस्र्लीका अनुसार गाँजाबाट उत्पादित पेय पदार्थले ‘सानै स्तरमा भएपनि’ बजारमा प्रभाव पारिरहेको बताएका छन् । रक्सी उत्पादक टिलरी ब्राण्ड्सले बियर वितरकसँग मिलेर भाङ्गमा आधारित सेल्टजरको बिक्री बढाएको छ । टीएचसीमा आधारित उक्त कम्पनीको उत्पादन हाल अमेरिकाका १३ राज्यमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  २ : १९ बजे

स्वास्थ्यबीमा केवल उपचार मात्र होइन, सामाजिक विषय पनि हो : जनस्वास्थ्यविद् डा. वन्त

काठमाडौं– नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा

रोल्पामा एमाले र रास्वपाबीच चुनावी तालमेल प्रयास असफल

रोल्पा– रोल्पामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र