‘जनतासँग गरेका कुनै वाचा पूरा भएनन्, ओली सरकारको औचित्य सकियो’ « Khabarhub

‘जनतासँग गरेका कुनै वाचा पूरा भएनन्, ओली सरकारको औचित्य सकियो’


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य सकिएको बताएकी छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार बन्दा गरिएका वाचा केही पनि पूरा नभएको बताएकी हुन् ।

वर्तमान सरकारले संविधान संशोधनको वाचा गरे पनि उपलब्धिका रुपमा भने मान्छे र सरकारी जग्गा बेचबिखन मात्रै भएको उनले बताइन् । उनले वर्तमान सरकारले भ्रष्टाचारमा मुछिएकालाई स्याबासीको धाप दिइरहेको बताइन् ।

‘एक वर्ष पूरा भयो सरकार बनेको, तर वाचा केही पनि पूरा भएका छैनन् । त्यसैले यो सरकारको औचित्य समाप्त भइसकेको छ । वाचा संविधान संशोधनको अनि उपलब्धि मान्छे र सरकारी जग्गा बेचविखनको । वाचा सुशासनको अनि परिणाम जनताको लागि लड्नेलाई जुडिसियल ओभर रिच र कारागार’, उनले भने, ‘अनि भ्रष्टाचारमा मुछिएकालाई स्याबासीको धाप। ठूला दलका यस्तै गतिविधिको कारण व्यवस्थामाथि प्रश्न उठिरहेको छ ।’

भिजिट भिसा प्रकरणलाई लिएर आफूहरू दुई महिनादेखि आन्दोलित हुँदा पनि सुनुवाइ नभएको उनले बताइन् ।

जसमाथि छानबिन गर्नुपर्ने हो उनीहरूकै संयोजकत्वमा समिति बनेको उनले बताइन् । उनले दुई प्रतिपक्षी दलले निरन्तर विरोध गर्दा पनि सदन चलाएकोमा आपत्ति जनाइन् । नेतृ कार्कीले ‘यो सदन जनताको हो कि सरकारको कठपुतली हो ?’ भनेर प्रश्न गरिन् ।

‘दुई प्रतिपक्षी दलले निरन्तर विरोध गरे पनि निर्वाध रुपमा यो संसद् किन चलिरहेको छ । यो संसद् कसको हो ? जनताको आवाज हो कि सरकारको कठपुतली हो ? इतिहासले यो सदनलाई सरकारको कठपुतली भनेर सुशासन निमिट्यान्न पार्न खोज्यो भनेर नलेखोस्’, उनले भनिन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  २ : ४४ बजे

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप

इरान युद्धमा साउदीको पनि प्रवेश : अमेरिकासँग मिलेर इराकमा आक्रमण, इरान समर्थक २० लडाकु मारिए

तेहरान- इरानसँग जारी तनावका बीच साउदी अरब पनि युद्धको मोर्चामा