एनआरएनए अष्ट्रेलियामा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ? « Khabarhub

एनआरएनए अष्ट्रेलियामा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचनमा सन्तोष कुँवरले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् ।

अहिलेको कार्यकालमा महासचिव रहेका कुँवरको प्यानलमा उपाध्यक्षमा बबिन मिश्र, महासचिवमा चूडामणि सापकोटा, सचिवमा कल्याण खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै राष्ट्रिय युवा संयोजकमा रिज्नु अधिकारी, कोषाध्यक्षमा निजन चौलागाईंले उम्मेदवारी घोषणा गरेका छन् ।

अनुभवी र नेतृत्वदायी भूमिकामा अब्बल रहेका व्यक्तिहरूलाई कुँवरले आफ्नो प्यानलमा समेटेका हुन् ।

झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने लक्ष्यसहित चुनावी मैदानमा होमिएका छन्। उनको प्यानललाई हालका अध्यक्ष अनिल पोखरेलको समर्थन छ ।

करिब एक दशकदेखि अष्ट्रेलियामा रहेका नेपाली समुदायमा सक्रिय रूपमा संलग्न रहँदै आएका बबिन मिश्रले कुँवरको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

पोखरेल नेतृत्वको अहिलेको कार्यकालमा उनी एनआरएनए अष्ट्रेलियाका प्रवक्ता हुन्। २०१९ मा एनआरएनए भिक्टोरियाका युवा संयोजकको रूपमा स‌ंघको नेतृत्वमा आएका उनले त्यसपछि २०२१ देखि २०२३ सम्म एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय युवा संयोजकको जिम्मेवारीमा रहेका थिए ।

समावेशी नेतृत्व र व्यावहारिक उपलब्धिका लागि आफ्नो प्यानल नै सक्षम रहेको उनले बताए । उनी भन्छन्,’एनआरएनए क्रियाशीलता, सशक्तीकरण र पुस्तान्तर प्रगतिका लागि सक्रिय मञ्च हुनुपर्छ।’

स्वास्थ्यकर्मी तथा रजिष्टर्ड माइग्रेशन ल एजेन्ट’को रूपमा उनले शिक्षादेखि रोजगारी र माइग्रेशन प्रक्रियासम्म व्यावसाय सञ्चालन गरिरहेका छन् । ‘सोल्भ एजुकेसन एन्ड माइग्रेशन’ र ‘सोल्भ नर्सिङ एजेन्सी’ मार्फत उनले युवाहरूलाई उच्च शिक्षा र अष्ट्रेलियन रोजगार क्षेत्रमा पहुँच दिलाउँदै आएका छन्।

उनी २०१५ देखि ग्रासरुट संस्थाहरू, वेलफेयर नेपाल र चितवन समाज भिक्टोरियाजस्ता संस्थासँग समेत आवद्ध छन्।

कुँवरको प्यानलबाट एनआरएनए अष्ट्रेलियाको महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानु)ले आर्थिक सशक्तीकरण, युवाको सहभागिता, बहुसांस्कृतिक पहिचान र नीतिगत पैरवीमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्ने प्रतिबद्धताका साथ यो प्यानल अगाडि बढेको बताए ।

समुदाय परिचालन, संस्थागत शासन र समावेशी नेतृत्वको आफ्नो अनुभवलाई महासचिवको भूमिकामा उपयोग गर्ने दृढ विश्वासका साथ अगाडि बढेको उनले बताए ।

उनले एनआरएनए अष्ट्रेलियाभित्र पारदर्शी र जवाफदेही शासन सुनिश्चित गर्ने, राष्ट्रिय र राज्यस्तरीय समितिबीच समन्वय र संचार सुदृढ बनाउने, महिला, युवा र पेशागत समूहको समावेशी सहभागिता प्रवर्द्धन गर्ने, दस्तावेज व्यवस्थापन, तथ्यांकको शुद्धता र सदस्य सेवा सुदृढ गर्ने, नेपाली समुदायको चासो र हकहितलाई आईसीसीमा प्रस्तुत गर्ने लगायतका प्राथमिकतासहित चुनावी मैदानमा उत्रिएका हुन् ।

अध्यक्षका उम्मेदवार कुँवरले अगाडि बढाएका डायस्पोरा लगानी परिचालन, एनआरएनए फाउन्डेसनमार्फत सामाजिक सेवाका अभियान, दोस्रो पुस्ताको सक्रिय सहभागिताका लागि संरचना निर्माण, नीतिगत संवाद र बहुसांस्कृतिक पहिचान प्रवर्द्धन जस्ता महत्वपूर्ण योजनाहरूलाई अगाडि बढाउने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।

संघको सचिव पदका उम्मेदवार खड्का अधिवक्तासमेत हुन् । उनले विभिन्न किसिमका कानूनी परामर्शदाताका रूपमासमेत सक्रिय छन् ।

उनी संघको विभिन्न पदमा रहिसकेका अनुभवी व्यक्ति हुन् । उनले सन् २०१३-२०१४ मा ब्रिगेड फुटबल क्लब, सिड्नीको खेलाडी र सल्लाहकार समितिका सदस्यको रूपमा काम गरेका थिए भने त्यसपछि सिड्नी नेपालीज फुटबल क्लबका संस्थापक, साहारा अष्ट्रेलिया क्लवमा रहेर फुटबल प्रतियोगिता गराउँदै आएका छन् ।

यस्तै उनी २०१९–२०२१ मा अष्ट्रेलियन नेपालीज फुटबल एशोसिएसनको कोषाध्यक्ष रहेका उनी अहिले कार्यकारी सदस्य छन् । यसबाहेक उनी एनआरएनए एनएसडब्लु राज्य समन्वय परिषदका महासचिव समेत हुन् ।

संघको राष्ट्रिय युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका घिमिरेले यसअघि नेशनल यूथ फोरमको सचिव र स्पोर्ट्स कोअर्डिनेटर (क्विन्सल्याण्ड) को जिम्मेवारीमा रहिसकेका छन् ।

युवाको मानसिक स्वास्थ्यप्रति चेतना बढाउने, खेलकुद कार्यक्रम गर्ने लगायतका एजेण्डा राखेर उनले उम्मेदवारी घोषणा गरेका हुन् । युवाहरूको आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनका लागि देशव्यापी रुपमा युथ कन्क्लेवको आयोजना गर्ने लगायत उनको योजना छ ।

संघको राष्ट्रिय महिला संयोजक पदमा उम्मेदवारी दिएकी रिज्नू अधिकारीले गैरआवासीय नेपाली समुदायभित्र विशेष गरी महिलाहरूको हक, सम्मान र सशक्तिकरणको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छन् ।

अधिकारीले समावेशी नेतृत्वलाई अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेकी हुन् । २०२३ देखि अहिलेसम्म दक्षिण अस्ट्रेलिया नारीनिकुञ्जमा महिला संयोजकको रूपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् । यसअघि २०२१ देखि २०२३ सम्म उनी दक्षिण अस्ट्रेलिया राज्य नारीनिकुञ्जमा महिला सदस्य रहेकी थिइन् ।

एनआरएनए महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै निर्णायक तहसम्मको पहुँच सुनिश्चित गर्ने, समावेशी, जिम्मेवार र प्रभावशाली नेतृत्व निर्माण गर्ने, व्यावसायिक, सामाजिक र सांस्कृतिक रूपले महिलालाई सक्षम बनाउने कार्यक्रम सञ्चालन गर्ने लगायतका एजेण्डा उठाउँदै उनी चुनावी दौडमा उत्रिएकी हुन् ।

युवती, छात्रा र नयाँ पुस्ताका महिलालाई नेतृत्व र सशक्तिकरणमा जोड्ने, नयाँ आएका नेपाली महिलाहरूलाई मार्गदर्शन, सहयोग र नेटवर्किङ अवसर प्रदान गर्ने लगायतका एजेण्डा उनको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  २ : ५० बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका