महाभारतद्वारा १२ कक्षासम्मको शिक्षा निःशुल्क « Khabarhub

महाभारतद्वारा १२ कक्षासम्मको शिक्षा निःशुल्क


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्लाको दक्षिणपूर्वी दुर्गम क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ । कक्षा १२ सम्म अध्ययनरत कुनैपनि विद्यार्थीलाई शुल्क नलिई अध्यापनको ब्यवस्था मिलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकामा रहेका विभिन्न ५० विद्यालयमा ६ हजार ५४ विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाभित्रका सबै साधारण र प्राविधिक धारमा कक्षा १ देखि १२ सम्मको भर्ना शुल्क, मासिक, विविध शुल्क र राष्ट्रिय परीक्षा बोर्डले लिने शुल्कबाहेक कुनै पनि शुल्क तिर्न नपर्ने जनाइएको छ ।

 यस निर्णयसँगै वार्षिक ६ हजारभन्दा बढी विद्यार्थीले निःशुल्क शिक्षाको अवसर पाएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन निःशुल्क शिक्षा सुरु गरिएको हो । 

गाउँपालिकाको शिक्षा शाखाका अनुसार प्राथमिक तहका ३२, आधारभुत ९, माध्यमिक ८ र एक प्राविधिक अर्थात् कृषि बाली विज्ञान विषय अध्यापन गराउने विद्यालयसहित ५० शैक्षिक संस्था छन् । यस्तै पुर्वप्राथमिक तहमा ७ सय ७८, प्राथमिक तहमा २ हजार ४ सय १५, आधारभुत तहमा १ हजार ४ सय २७, माध्यमिक ९९–१०० तहमा ९ सय ८१ र कक्षा ११ र १२ मा ४ सय ५३ जना विद्यार्थी अध्ययन गरिरहेका हुन् ।  

गाउँपालिकास्थित श्री भैरव माध्यमिक विद्यालयमा कृषिअन्तर्गत बाली विज्ञान विषयमा अध्यापन भइरहेको छ । कक्षा ११–१२ अध्ययन हुने गोकुले मावि, घर्तिछापको जनकल्याण मावि र बुढाखानीको ग्रामोन्नती माविमा शुल्क लिएर अध्यापन हुँदै आएकोमा अब विद्यार्थीले शुल्क तिर्नु नपर्ने भएको हो । 

गरिब, विपन्न परिवारका बालबालिका आर्थिक अभावकै कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न निःशुल्क शिक्षा कार्यक्रम ल्याइएको जिम्माको भनाई छ ।

 “शैक्षिक सुधारका साथै सक्षम जनशक्ति उत्पादनमासमेत यस कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छौँ”, जिम्माले भने । यसअघि गत जेठ ३० गते महाभारत अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित पालिका घोषणा भइसकेको छ । 
 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  २ : ५४ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा