महाभारतद्वारा १२ कक्षासम्मको शिक्षा निःशुल्क « Khabarhub

महाभारतद्वारा १२ कक्षासम्मको शिक्षा निःशुल्क


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्लाको दक्षिणपूर्वी दुर्गम क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ । कक्षा १२ सम्म अध्ययनरत कुनैपनि विद्यार्थीलाई शुल्क नलिई अध्यापनको ब्यवस्था मिलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकामा रहेका विभिन्न ५० विद्यालयमा ६ हजार ५४ विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाभित्रका सबै साधारण र प्राविधिक धारमा कक्षा १ देखि १२ सम्मको भर्ना शुल्क, मासिक, विविध शुल्क र राष्ट्रिय परीक्षा बोर्डले लिने शुल्कबाहेक कुनै पनि शुल्क तिर्न नपर्ने जनाइएको छ ।

 यस निर्णयसँगै वार्षिक ६ हजारभन्दा बढी विद्यार्थीले निःशुल्क शिक्षाको अवसर पाएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन निःशुल्क शिक्षा सुरु गरिएको हो । 

गाउँपालिकाको शिक्षा शाखाका अनुसार प्राथमिक तहका ३२, आधारभुत ९, माध्यमिक ८ र एक प्राविधिक अर्थात् कृषि बाली विज्ञान विषय अध्यापन गराउने विद्यालयसहित ५० शैक्षिक संस्था छन् । यस्तै पुर्वप्राथमिक तहमा ७ सय ७८, प्राथमिक तहमा २ हजार ४ सय १५, आधारभुत तहमा १ हजार ४ सय २७, माध्यमिक ९९–१०० तहमा ९ सय ८१ र कक्षा ११ र १२ मा ४ सय ५३ जना विद्यार्थी अध्ययन गरिरहेका हुन् ।  

गाउँपालिकास्थित श्री भैरव माध्यमिक विद्यालयमा कृषिअन्तर्गत बाली विज्ञान विषयमा अध्यापन भइरहेको छ । कक्षा ११–१२ अध्ययन हुने गोकुले मावि, घर्तिछापको जनकल्याण मावि र बुढाखानीको ग्रामोन्नती माविमा शुल्क लिएर अध्यापन हुँदै आएकोमा अब विद्यार्थीले शुल्क तिर्नु नपर्ने भएको हो । 

गरिब, विपन्न परिवारका बालबालिका आर्थिक अभावकै कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न निःशुल्क शिक्षा कार्यक्रम ल्याइएको जिम्माको भनाई छ ।

 “शैक्षिक सुधारका साथै सक्षम जनशक्ति उत्पादनमासमेत यस कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छौँ”, जिम्माले भने । यसअघि गत जेठ ३० गते महाभारत अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित पालिका घोषणा भइसकेको छ । 
 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  २ : ५४ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा