राप्रपामा भाँडभैलोबीच रवीन्द्र मिश्र भन्छन्- कृपया, मेरो जुँगा धेरै नतान्नुस् « Khabarhub

राप्रपामा भाँडभैलोबीच रवीन्द्र मिश्र भन्छन्- कृपया, मेरो जुँगा धेरै नतान्नुस्


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकपछि अर्को किचलो देखिँदै गएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले नवराज सुवेदी, मुकुन्द श्याम गिरी र सगुनसुन्दर लावतीलाई जिम्मेवारीमुक्त गरेसँगै बढेको किचलो रोकिने अवस्था छैन ।

लिङ्देनविरुद्ध महामन्त्री धवल शमशेर जबरासहितले मोर्चाबन्दी गरिरहँदा ४९ दिनसम्म प्रहरीको हिरासतमा बसेर निस्किएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अहिले चुपचाप छन् ।

अध्यक्ष लिङ्देनले निर्मल निवासनिकट नेतामाथि धमाधम कारबाही गरिरहँदा मिश्रले भने अचम्मित पार्ने गरी मौन बसेका हुन् ।

जिम्मेवारीबिहीन बनाइएका उपाध्यक्ष मुकुन्द श्याम गिरी, प्रवक्ता सगुनसुन्दर लावती र अनुशासन आयोगका अध्यक्ष नवराज सुवेदी उजुर गर्न निर्वाचन आयोग पुगिसकेका छन् ।

उनीहरूलाई महामन्त्री धवल शमशेर राणा र कुन्ति शाहीसहितले साथ दिएका छन् । तर यतिका धेरै विवाद भइरहँदा पनि वरिष्ठ उपाध्यक्ष मिश्र गुमनाम छन् ।

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जाने गरि भएको हिंसात्मक घटनामा भिडलाई उकासेको आरोपमा उनि ४९ दिनहिरासत बसेर छुटेका हुन् ।

जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका उनी सर्वोच्च अदालतको आदेशले छुटेपछि पार्टीभित्रको गम्भीर विवादबारे बोल्न चाहेका छैनन्।

राप्रपा ठूलो संकटमा पर्दा पनि चुप बस्नु नै उपयुक्त हुने मिश्रले बिहीबार सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन् ।

सामाजिक सञ्चाल फेसबुकमा एउटा पुरानो भिडियो क्लिप शेयर गर्दै उनले ‘नबोल्नु’लाई डराएको भनेर नसोच्न चेतावनीसमेत दिएका छन् ।

‘कृपया, मेरो जुँगा धेरै नतान्नुस् न’, उनले लेखेका छन्, ‘प्रमुख नेताले देशमा धेरै विवाद र संकट भयो भने सार्वजनिक रुपमा बोल्नुपर्छ । तर देशका प्रमुख नेताले पार्टीभित्र धेरै विवाद र संकट भए सार्वजनिक रुपमा धेरै बोल्नुहुँदैन ।’

उनले पार्टीभित्र अहिले ठूलो समस्या र सकंट बएको बताएका छन् । सबैजना एकै पटक बोल्न आवश्यक नरहेको उनको तर्क छ। ‘म देशको प्रमुख नेता त होइत, तर पदीय रुपमा पार्टीको एक जना प्रमुख नेता हुँ, त्यसैले म अत्यावश्यक नभई बोल्दिनँ’, उनले भनेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ३ : २० बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको