पूर्वराष्ट्रपति भन्छिन्- समृद्धि केवल मुठ्ठीभर मानिसका लागि मात्रै होइन « Khabarhub

पूर्वराष्ट्रपति भन्छिन्- समृद्धि केवल मुठ्ठीभर मानिसका लागि मात्रै होइन


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठ्ठीभर मानिसको लागि मात्रै नभएर आमजनतालाई हुनुपर्ने बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ लाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण बनाउने बताइन् ।

नेपालको समृद्धि केवल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै उनले यसलाई दिगो बनाउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिवद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने बताइन् ।

‘हामीले के बिर्सनु हुँदैन भने समृद्धि केबल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनुपर्छ,’ उनले भनिन्, ‘लगानीसँगै रोजगारी, समावेशिता, ग्रामिण विकास, महिला उत्थानशिलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्दछ ।’

समृद्धिको मार्ग अरूको मोडल अनुशरण गर्ने मात्रै नभएर आफ्नै समाजका आवश्यकता, श्रोध साधन, सन्दर्भ र सम्भावनालाई गहिरो विश्लेषण गरेर तय गर्नुपर्ने उनले बताइन् ।

‘नेपालको समृद्धि केवल वर्तमानको आर्थिक सूचकांकले मात्रै मापन गर्न सकिँदैन । बरु यसलाई दिगो तुल्याउन हाम्रो राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्छ,’ उनले भनिन्, ‘लगानी प्रवर्द्धन तथा अभियानको एउटा महत्त्वपूर्ण माध्यम अवश्य हो । जसले आत्मनिर्भर र समृद्ध नेपाल निर्माणको लक्ष्यलाई सार्थक तुल्याउन मद्दत गर्दछ ।’

देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण भएको उनले बताइन् ।

‘अब हामीले लगानीको ढोका खोल्ने कुरा गर्दछ । त्यो ढोका केवल पुँजी र मुनाफाका लागि मात्रै खोलिएको होइन । बरु त्यो ढोका सम्भावना र विश्वासका लागि पनि खोलिएको ठान्नुपर्छ,’ उनले भनिन्, ‘हामीले हाम्रो समृद्धिको मार्ग अरुको मोडल अनुशरण गर्ने मात्रै होइन, आफ्नै समाजका आवश्यकता, स्रोत साधन, सन्दर्भ र सम्भावनालाई गहिरो विश्लेषण गरेर नै तय गर्नुपर्दछ ।’

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ५ : २३ बजे

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको