एक वर्षमा सुर्खेतमा चार सय ७३ सवारी दुर्घटना, ३८ जनाको मृत्यु  « Khabarhub

एक वर्षमा सुर्खेतमा चार सय ७३ सवारी दुर्घटना, ३८ जनाको मृत्यु 


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – आर्थिक वर्ष २०८१-०८२ मा सुर्खेतमा चार सय २३ सवारी दुर्घटनामा परि ३८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २९ जना पुरूष जसमध्ये १२ जना चालक, १ बालक, ६ जना महिला र तीन जना बालिका रहको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । 

आर्थिक वर्ष २०८०-०८१ मा सुर्खेत जिल्लाभर छ सय ७३ वटा सवारी दुर्घटनामा परी २८ जनाको मृत्यु, एक हजार एक सय ८४ घाईते भएका थिए भने आर्थिक वर्ष २०८१-०८२ मा जिल्लाभर चार २३ वटा सवारी दुर्घटनामा परी ३८ जनाको मृत्यु, नौ सय ३६ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए ।

‘जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी दुर्घटना न्यूनीकरण गर्नुको साथै राजश्व र ट्राफिक सचेतनामूलक कार्यक्रममा उल्लेखनीय वृद्धि गरेको छ,’ उनले भने, ‘आर्थिक वर्ष २०८०-०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार आठ सय ४२ सवारी साधनहरूलाई कारबाही गरी एक करोड १५ लाख ९९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो ।’

आर्थिक वर्ष २०८१-०८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १७ हजार एक सय ५१ सवारी साधनहरूलाई कारबाही गरी बाफत एक करोड ४५ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ जुन आर्थिक वर्ष  २०८०-०८१ को तुलनामा २९ लाख १५ हजार पाँचले वृद्धि भएको प्रहरी निरीक्षक सुनारले बताए । 

आर्थिक वर्ष २०८१-८२ मा दुई हजार पाँच सय ३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट १ लाख १३ हजार १०२ सवारी चालक, सह–चालक र पैदल यात्रीहरू लाभान्वित भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।  

कारबाहीमा परेका सवारी साधन मध्ये छ हजार सात सय ५० मोटर साईकल, जिप, कार, भ्यान तीन हजार ७२, ट्रक-टिपर, दुई हजार आठ सय ६१, अटो टेम्पो दुई हजार २५, बस तथा मिनी बस, एक हजार छ सय १४  र आठ सय २९ ट्याक्टर रहेका छन् ।

जसमध्ये मोटर साईकलबाट ५४ लाख २६ हजार, जिप, कार, भ्यानबाट २३ लाख ४६ हजार पाँच, ट्रक–टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार पाँच, बस तथा मिनी बस, १४ लाख ४४ हजार पाँच सय  र  ट्याक्टरबाट छ लाख १३ हजार पाँच सय  रुपैयाँ राजश्व संकलन गरिएको प्रहरी निरीक्षक सुनारले बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दुर्घटना न्यूनीकरण गर्नका लागि क्याम्पस, विद्यालय, पैदल यात्री , चालक, सह-चालक, सवारी धनी लक्षित दुई हजार पाँच सय ३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको, लागूपदार्थ सेवन र मापसे चेकजाँचमा कडाइ, राडर गनको प्रयोग गरी गति नियन्त्रण गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । 

त्यस्तै, बिभिन्न निकायहरूसंग समन्वयमा गरी आठ सय ८६ वटा रोड फर्निचरहरू राखेको छ । ओभर लोड नियन्त्रण गर्न दुई सय छ वटा अतिरिक्त सिट निकालेको र मोडिफाई गरी चर्को आवाजमा चलाउने ८४ वटा सवारी साधन नियन्त्रण गरी कारबाहीको दायरामा ल्याएको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ५ : ४४ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको