नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु « Khabarhub

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

अबुजा- नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा एक सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५ जना सदस्यको मृत्यु भएको बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा दिइएको जानकारीमा जनाइएको छ ।

नाइजेरियाली सेनाले यस हप्ताको सुरुदेखि सुरू गरेको स्थल तथा हवाई आक्रमणमा आपराधिक गिरोहतर्फ ठूलो हताहत भएको हो ।

गरिबी र सरकारी उपेक्षाका बीच नाइजेरियाको ग्रामीण इलाकामा सशस्त्र आपराधिक गिरोहको पकड रहेको छ । तिनीहरूले फिरौतीको लागि गाउँहरूमा छापा मार्छन्, लुट्छन् र घरहरूमा आगो लगाउँछन् ।

उनीहरूले गाउलेबाट अनधिकृतरूपमा कर उठाउने र विरोध गर्ने गाउलेको हत्या गर्ने वा अपहरण गर्ने घटनाहरू सामान्यजस्तै बर्षभरी भइरहन्छन् ।

मङ्गलबार नाइजेरियाली वायु तथा स्थल सेनाले उत्तरपश्चिमी राज्य नाइजरमा ‘डाकुले गरेको आक्रमणलाई विफल पार्नुका साथै हवाई तथा स्थल आक्रमण’ गरेको एक निजी द्वन्द्व अनुगमनकर्ता संस्थाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

रिजाउ स्थानीय सरकारी क्षेत्रको वारारी र रागाडा गाउँनजिकै भएको झडपमा कम्तीमा ९५ डाकुको मृत्यु भएको जनाइएको छ ।

नाइजेरियाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेनाले दर्जनौँ आतङ्ककारीलाई झडपमा परास्त गरेको छ भने उनीहरूको तर्फबाट भएका थुप्रै आक्रमणलाई निष्प्रभावी बनाएको छ ।

झडपमा एक सैनिकको मृत्यु भएको बताइएको छ ।

विगतमा आफ्नो उपलब्धिको प्रचार गर्ने र कहिलेकाहीं अतिरन्जित गर्ने गरेको नाइजेरियाली सेनाले धेरै डाकुहरू मारिएको घटनाप्रति तत्काल कुनै प्रतिक्रिया दिएको छैन । सेनाले गाउँलेहरूमाथि भएको धेरै आक्रमणपछि कारबाही गरेको थियो।

सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ६ : २६ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको