कांग्रेस पदाधिकारी र मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए « Khabarhub

कांग्रेस पदाधिकारी र मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय सत्तारूढ नेपाली कांग्रेसभित्र आन्तरिक विवाद र किचलो देखिएका बेला सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन् । देउवाले सरकारमा सहभागी मन्त्रीहरूसहित शुक्रबार बिहान ९ बजे बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

पदाधिकारी बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि बोलाइएको देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र मन्त्रीहरूको कार्य सम्पादनलाई लिएर पार्टीमा असन्तुष्टि बढिरहँदा देउवाले छलफल गर्न लागेका हुन् । त्यसकै लागि उनले मन्त्रीहरूसहितको पदाधिकारी बैठक बोलाएका हुन् ।

पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले अपेक्षित नतिजा दिन नसकेको निष्कर्षसहित सातजना पूर्वपदाधिकारीहरूले मंगलबार देउवालाई भेटाएर ध्यानाकर्षण गराइसकेका छन् ।

शुक्रबारको बैठकमा अनुशासन आयोगले २०७९ को चुनावलाई लिएर व्यापक रुपमा गरेको कारबाहीबारे पनि छलफल हुने बताइएको छ ।

२०७९ को चुनावमा अन्तर्घात गरेको भन्दै निर्वाचनको ३ वर्षपछि इतर खेमाका २४ बढी नेताहरूलाई छानीछानी कारवाही गरिएपछि नेता डा. शेखर कोइरालासहित रिसाएका छन् । शेखरले यो कारवाहीलाई नमान्ने चेतावनी दिइरहेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : ४२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल