मर्स्याङ्दीमा अटोरिक्सा खस्दा ६ जना घाइते « Khabarhub

मर्स्याङ्दीमा अटोरिक्सा खस्दा ६ जना घाइते


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डमा आज अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन् । 

बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर-६  खरखरे भीरबाट मर्स्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिए

गोरखाको आरुघाट गाउँपालिका–१ की ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र ४० वर्षीया शिलादेवी गुरुङ तथा नुवाकोटको तादी गाउँपालिका-२ की ४५ वर्षीया सुस्मिता तामाङ र अटोरिक्सा चालक मस्र्याङ्दी-४ का ३० वर्षीय टोपबहादुर लामा घाइते भएका छन् । 

स्यानुमाया गुरुङ र  सुस्मिता तामाङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। अन्य घाइतेको बेँसीसहर-८ स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।  

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : ४४ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको