राष्ट्रपतिले फिर्ता पठाइदिए संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक « Khabarhub

राष्ट्रपतिले फिर्ता पठाइदिए संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूको दबाबबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पठाइदिएका छन् ।

उनले बिहीबार उक्त विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् ।

उक्त संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकुल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहिबार फिर्ता पठाएको प्रेस सल्लाहाकार पोखरेलले बाए ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भएर आएको संशोधन विधेयक प्रमाणिकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष आएको थियो । एक साता कुरेर अध्ययन गरिसकेपछि पौडेलले विधेयक प्रमाणीकरण नगरि फर्काइदिएका हुन् ।

संविधानको धारा ११३ ले ‘अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुर्नविचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र सन्देशसहित विधेयक उत्पति भएको सदनमा फिर्ता पठाउनुपर्ने’, भनेको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासले विधेयक प्रमाणीकरण नगरेको अवस्थामा कांग्रेसमा विधेयक फिर्ता गराएर फेरि छलफल गर्नुपर्ने आवाज उठेको थियो।

कांग्रेसले उक्त विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधनमा राष्ट्रिय सभाले गरेको परिमार्जन र प्रजातान्त्रिक सिद्धान्तसँग बाझिने अवस्था भएकाले फिर्ता मगाएर फेरि छलफल आवश्यक रहेको जनाएको थियो ।

नेपालको संविधानले ६ सदस्यीय संवैधानिक परिषद् कल्पना गरेको छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख र विपक्षी दलको नेता परिषद्मा रहने प्रावधान छ ।

परिषद्को अध्यक्षमा प्रधानमन्त्री हुन्छन् । राष्ट्रपतिले फर्काएको विधेयकमा संवैधानिक निकायमा हुने नियुक्ति सिफारिस सर्वसम्मतिबाट गर्नुपर्ने उल्लेख छ । यदि सर्वमम्मतिमा नभए परिषद् अध्यक्ष रहेका प्रधानमन्त्री र तत्काल बहाल कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने उल्लेख थियो ।

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले यही कुरा कायम गरेर राष्ट्रिय सभामा पठाएको थियो। यसलाई लिएर कांग्रेस र एमालेबीच विवाद पनि भयो । कांग्रेस र एमालेबीच प्रधानमन्त्रीसहित बहुमत सदस्य कि प्रधानमन्त्री र बाँकी सदस्यको बहुमत भन्नेमा कुरा मिलेको थिएन ।

तर समितिले सरकारले ल्याएकै बहुमतीय प्रावधानसहित विधेयक अघि बढाएको थियो। सर्वमम्मतिबाट नभए परिषद् अध्यक्ष रहने प्रधानमन्त्री र तत्काल बहाल रहेको कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय हुने व्यवस्था विधेयकमा राखिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : ५४ बजे

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

गोरखा– मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती

राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र

टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा– गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौं– सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

काठमाडौं– संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको