पाकिस्तानको संघीय राजधानी इस्लामावादमा आपराधिक घटना बढे | Khabarhub Khabarhub

पाकिस्तानको संघीय राजधानी इस्लामावादमा आपराधिक घटना बढे


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको संघीय राजधानी इस्लामावादमा आपराधिक घटना बढ्दै गएको पाइएको छ । इस्लामावाद शहरमा सवारी साधन चोरीका घटनामा वृद्धि भएको देखिएको छ ।

पछिल्लो एक सातामा इस्लामावादमा ४० वटा सवारी साधन चोरी भएको छ । बिजनेस रेकर्डरले संकलन गरेको तथ्यांक अनुसार इस्लामावादमा पछिल्लो एक सातामा ६१ वटा आपराधिक घटना भएका छन् ।

यसमा ३१ वटा मोटरसाइकल चोरी, ९ वटा कार चोरी, ११ वटा डकैती र ११ वटा मोबाइल र पैसा चोरीका घटना भएका छन् । खासगरी इस्लामावादको औद्योगिक क्षेत्र, गोलरा, मारगल्ला, शालिमार, शहजाद टाउन र शम्स कोलोनीजस्ता क्षेत्रमा यस्ता घटना धेरै भएका छन् ।

हालै इस्लामावादको रम्ना प्रहरी वृत्तमा अज्ञात लुटेराको एउटा समूहले घरमा प्रवेश गरी लुटपाट गरेको थियो । परिवारले प्रतिकार गरेपछि घटनामा एक जना लुटेरा घाइते भएका छन् ।

त्यसको बदलामा लुटेराले घरमा जथाभावी गोली प्रहार गरेका थिए । घटनापछि उक्त परिवारले प्रहरीमा उजुरी दिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : ५६ बजे

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका

आयोगको निष्कर्ष : सबै दल चुनावमा जान तयार छन्, विगतमा बहिष्कार र विरोध गर्ने पनि दर्ता भए

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १५ औँ महाधिवेशनको मितिमा बहस

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको