आईओई महासचिव सान्तोस र महासंघका अध्यक्षबीच भेट « Khabarhub

आईओई महासचिव सान्तोस र महासंघका अध्यक्षबीच भेट


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाल भ्रमणमा रहेका रोजगारदाताहरूको अन्तर्राष्ट्रिय संगठन (आईओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य  महासङ्घले निर्वाह गरेको भूमिका को प्रशंसा गरेका छन् ।

बिहिबार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसँगको भेटमा उनले उक्त धारणा राखेका हुन् । महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा  महासंघको भूमिका अनुकरणीय भएको बताउन भएको हो । साथै उनले सरकार र ट्रेड युनियनहरूको रचनात्मक भूमिका रहेको पनि बताए। 

तीन दिने नेपाल भ्रमणमा रहनु हुने महासचिव सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा रहनु हुनेछ । यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।  

महासंघमा भएको भेटवार्ताका क्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको २०२६ मा हुने अतिकम विकसित मुलुकबाट स्तरोन्नती र यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पार्ने प्रभावमा आईओईका सहजिकरणका विषयमा चर्चा गरेका थिए । 

साथै उनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि लगायतका आईओईका सहयोग आवश्यक रहेको बताए । 

नेपालमा लगानीको वातावरण सिर्जना गर्न, सरकार रोजगारदाता र श्रमिक संगठन बीच सुमधुर सम्बन्ध कायम राख्दै औद्योगिक वातावरण निर्माण गर्न महासंघले सधैं उल्लेखनीय काम गर्दै आएको अध्यक्ष ढकालले बताए ।  

सो अवसरमा उनले स्तरोन्नति पछिको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक सहजिकरणका लागी आईओई सँधै सकारात्मक रहेको बताए । नयाँ अवसरहरूमा नेपालका उद्यमीहरूलाई जोड्न पनि सहजिकरण गर्ने बताए ।

सो अवसरमा महासंघका उपाध्यक्ष हेमराज ढकाल, महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य, महासंघका केन्द्रीय सदस्य तथा परिषद्का उपसभापति बाबुकाजी कार्की र अरनिको राजभण्डारी लगायतले नेपालमा रोजगारदाता र श्रमिक बीच असल सम्बनध निर्मार्ण तथा औद्योगिक वातावरणका विषयमा आआफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ८ : ०५ बजे

कुनै हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा (तस्बिरहरू)

काठमाडौं– राजधानी काठमाडौं आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्ये

बालेन्द्रले ल्याए भारतको तरकारी रोक्ने योजना, वाइवाइलाई दिए ‘कांग्रेसको चाउचाउ’को संज्ञा

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले भारतबाट आउने

होलीको आगमन : असन-इन्द्रचोकमा रंगिन चहलपहल (तस्बिरहरू)

काठमाडौं– रङको पर्व होली नजिकिँदै जाँदा काठमाडौंको असन र इन्द्रचोक

‘गठबन्धनको राजनीतिले खराब परिणाम दियो : हामीले दूषित राजनीतिलाई सफा गर्छौँ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनका कारण नेपालको राजनीति