एमालेमा फर्किन ओलीले छेकेपछि शुक्रबार धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

एमालेमा फर्किन ओलीले छेकेपछि शुक्रबार धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति भण्डारी


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवीकरण गरिसकेको सदस्यतासमेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोकिदिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार औपचारिक धारणा सार्वजनिक गर्ने भएकी छन् ।

उनले शुक्रबार दिउँसो ३ बजे काठमाडौंको बबरमहलस्थित कार्की बान्क्वेटमा पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने भएकी हुन् ।

साउन ५ देखि ३ दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिने गरी साधारण सदस्यतासमेत खारेज गरिदिने निर्णय लिएको थियो ।

यो अवस्थामा केही दिन पर्ख र हेरको रणनीतिमा रहेकी उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत् एमालेको निर्णयबारे पनि बोल्ने भएकी छन् ।

उनले यसअघि नै आफूले एमालेको राजनीतिमा आउने निर्णय गरिसकेकाले अब नरोकिने घोषणा गरेकी थिइन् । तर ओलीले आफूसँग ११ औँ महाधिवेशनमा भिड्न आउन खोजेको ठहरसहित केन्द्रीय कमिटीबाट उनको बाटो छेकिदिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ८ : ३० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली