कैलालीमा रगत अभावपछि बिरामीको उपचारमा समस्या | Khabarhub Khabarhub

कैलालीमा रगत अभावपछि बिरामीको उपचारमा समस्या


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा रगत अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा रगत नहुँदा उपचारमा कठिनाइ भइरहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीप्रसाद पन्तले रगत अभावमा शल्यक्रिया गर्नुपर्ने, प्रसूति सेवा लिने र सडक दुर्घटनामा परेका जस्ता आकस्मिक बिरामीको उपचारका लागि आवश्यक रगत आपूर्ति गर्न समस्या भइरहेको बताए ।

उनले भने, “केन्द्रमा दैनिक रगतको अत्यधिक माग छ, तर दाताको अभावले रगत नियमित आपूर्ति गर्न समस्या भइरहेको छ ।” टीकापुर रक्तसञ्चार केन्द्रमा पनि रगत अभाव भएको उनले बताए ।

रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति लोकराज जोशीले रगत अभाव भएपछि आपत्कालीन अवस्थालाई मध्यनजर गरी सरकारी, गैरसरकारी, युवाक्लब, सामाजिक सङ्घसंस्था, विद्यालय, क्याम्पसलगायतलाई रक्तदान कार्यक्रम गर्न आह्वान गरेका छन् ।

“रगतको कुनै विकल्प छैन, प्रत्येक सचेत नागरिकले यस अभियानमा साथ दिन जरुरी छ”, उनले भने।

बर्खायाममा बढ्ने गरेका आकस्मिक घटना र अन्य मौसमी रोगलगायत कारण स्वास्थ्य संस्थामा रगतको माग अत्यधिक हुने गर्छ । प्रदेशका अधिकांश जिल्लाका बिरामी उपचारका लागि धनगढीका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने गरेका छन् । नियमित रक्तदाताको सङ्ख्या न्यून हुनु र जनस्तरमा रक्तदानप्रतिको चेतनाको अभावले पर्याप्तमात्रामा रगत सङ्कलन हुन नसकिरहेको अवस्था छ ।

प्रदेश सरकारले रक्तसञ्चार केन्द्रमार्फत सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि निःशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीले भने रक्तसञ्चार केन्द्रमा तोकिएको रगत परीक्षण शुल्क बुझाएर रगत पाउने गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ८ : ३३ बजे

मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव

पर्सा – खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

गण्डकी – पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१०

बागमती सरकारका चार मन्त्री पदमुक्त

काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले

प्रधानमन्त्रीले भने : देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ

पर्सा – प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको