बाजुराकी पवित्राले बाटोमै जन्माइन् तेस्रो सन्तान « Khabarhub

बाजुराकी पवित्राले बाटोमै जन्माइन् तेस्रो सन्तान


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

धनगढी – बाजुराको बुढीगंगा नगरपालिका ७ झालीकी पवित्रा ल्वारले बाटोमै बच्चा जन्माएकी छन्। माइतीघर कोटवाडा आएको बेला एकाएक पेट दुखेपछि स्वास्थ्य संस्था हिँडेकी उनले बाटोमै बच्चा जन्माएकी हुन् । माइतीघरबाट हिँडेको १० मिनेटमै ब्यथाले च्यापेपछि पवित्राले बाटोमै बच्चा जन्म दिएकी थिइन् ।

पवित्राको माइतीघर बाजुरा स्वास्थ्य चौकीबाट पैदल दुरी बढीमा आधा घण्टा मात्रै टाढा छ । एकाएक पेट दुखेपछि कसैलाई केही नभनेर बिहान साढे नौ बजे स्वास्थ्य संस्था हिँडिन् । रातीबाटै पेट दुख्न सुरु भइसकेको थियो । तर माइतीघरमा सबैलाई कसरी सुनाउँनु भन्ने लाजले नै आफ्नै जन्मदिने आमालाई समेत नभनेर उनी स्वास्थ्य चौकीतर्फ लागिन् ।

साउन ७ गते बिहान दश बजेतिर उनले बाटोमै स्वास्थ्य कर्मीकै साहरामा बच्चा जन्माएको बाजुरा स्वास्थ्य चौकी टाँटेकी अनमी मंगला कुमारी बोहराले जानकारी दिइन् । स्वास्थ्य संस्थामा खबर आएपछि बोहरा नेतृत्वकै टोली उद्दारका लागि गएको थियो । तीन जनाको स्वास्थ्य कर्मीको टोलीले सहज सुत्केरी गराएर उद्दार गरेको छ ।

बाटोमै जन्मदिएको पवित्राको तेस्रो सन्तान हो । १८ वर्ष नपुग्दै विवाह गरेकी पवित्राले २२ वर्षकै उमेरमा आफ्नो तेस्रो बच्चा जन्माएकी हुन् । यसोत पवित्राले नियमित चेकजाँच गराएकी छन् । स्वास्थ्य कर्मीले साउन २० को मिति दिएका थिए । यति छिटै बच्चा होला भन्ने उनलाई लागेकै थिएन् ।

सासुससुरासँग अलग बस्ने पवित्राका श्रीमान गणेश ल्वार भारतमा छन् । उनी गर्भवती भएदेखि नै श्रीमान साथमा छैनन् ।घरमा पनि हेरचाह नहुने र स्वास्थ्य संस्थाबाट पनि टाढा हुनेभएपछि उनी माइतीघर आएकी थिइन् । गाउँमा बोकेर स्वास्थ्य संस्था लैजाने मानिस थिएनन्, एम्बुलेन्स बोलाउने हैसियत समेत उनको थिएन् ।

दुई सन्तान र श्रीमतीको जीवन पाल्न श्रीमान भारतमा चौकीदारी गर्छन् । गर्भवती अवस्थामा पनि साथमा आफन्त थिएनन् । यो पवित्रा बाहेकका आमाहरुको पनि समस्या हो । गाउँमा कमै युवाहरु भेटिन्छन् । महिला र वृद्धवृद्धाहरु मात्रै छन् । भएकाहरुपनि सबै साथ सहयोग दिन्छन्, भन्ने छैन् । अधिकांश गर्भवती महिलाहरुका लागि समस्या हुने गरेको छ ।

गर्भवती भएदेखि परिवारले गर्नु पर्ने हेरचाह, स्याहार, संरक्षण, माया, खानपिन यहाँका अधिकांश आमाहरुका लागि नौलो विषय हो । ‘बच्चा जन्माउने दिनसम्म काम गर्छन् । पैसा जोहो गरि राख्ने, रगत समूह पहिचान गरेर तयारी अवस्थामा राख्ने, मिति आउने समयमा परिवारले अनिवार्य हेरचाह गरिराख्नु पर्ने हो, त्यो कमैमा मात्रै भएको देखिन्छ’ सिअनमी मंगला कुमारी बोहराले बताइन् ।
पवित्रा एक पात्र मात्रै हुन् । स्वास्थ्य कर्मीको टोली समयमै नपुगेको भए, उनलाई जे पनि हुन सक्ने अवस्था थियो ।

‘समयमै खबर पाएको र लगत्तै टोली गएर उद्दार गरेर सकुशल स्वास्थ्यसंस्थामा पुर्याउँदा आमा र बच्चा दुवैको ज्यान जोखिमबाट बचेको हो, नत्र गाह्रो हुन्थ्यो,’ बोहराले भनिन् ।

उमेर पनि कलिलै थियो । २२ वर्षमै तीन सन्तान जन्माउँदा स्वास्थ्य समेत कमजोर थियो । उनले मानसिक रुपमा आएको समस्याका कारण केही समय औषधी समेत सेवन गरेको स्वास्थ्य रिर्पोट थियो ।

यो वर्ष ४५ जनाले बाजुुरा स्वास्थ्य स्वास्थ्य चौकीमा संस्थागत सुत्केरी गराएका छन् । ती मध्ये अधिकांशका समस्या पवित्राकै जस्तो देखिन्छ । सासु ससुराको भरमा छोड्ने, कतिपय आमाहरु त सिगो घरमा एक्लो बस्नु पर्ने, श्रीमान र सहयोगी साथमा नहुने, कतै सडक बाटो र स्वास्थ्य संस्था टाढा हुने धेरै समस्या र जोखिम देखिने गरेको छ ।

परिवारको तयारी हुने, आर्थिक अवस्था कमजोर हुने, श्रीमान साथमा नहुने, स्वास्थ्य संस्था टाढा र सडक पहुँच बाहिर रहने समस्याले यहाँका आमाहरुको ज्यान जोखिममा देखिन्छ । बुढीगंगाका १० वटै वडाका सबै बस्तीलाई सहज स्वास्थ्य संस्थामा पहुँच पुर्याउने गरि टोलमा समेत सुरक्षित प्रसुती गृह निर्माण गरिएको पालिका उपप्रमुख माया कुँवरले बताइन् ।

बुढीगंगा जिल्लाका अन्य पालिका भन्दा सहज स्वास्थ्य सेवा उपलब्ध भएको पालिका हो । स्वयम व्यक्ति र परिवारको लापरवाही नै बढी देखिने गरेको स्वास्थ्य कर्मीले बताउने गरेका छन् । दुई हप्ता अघि पछिको मितिमा बच्चा हुने कुरा नर्मल हो, तर व्ययाले च्यापेपछि मात्रै जानकारी गराउने, स्वास्थ्य संस्था आउने कुरा डरलाग्दो र जोखिमपूर्ण रहेको अनमी मंगल कुमारी बोहराले बताइन् ।

गाउँतिर अझै ब्यथा लागेको कुरा नभन्ने, अरुलाई सुनाएर थप पीडा हुने गलत मान्यता राख्नेहरुको जमात पनि ठूलो छ । त्यसका कारण ठूलो समस्या भोग्नु परेको देखिन्छ । गएको वर्ष बझाङमा स्वास्थ्य संस्था लैजान छोडेर बाटोमै बच्चा जन्माएकी सुत्केरीको रक्तश्राप रोक्न धामीझाँक्री बोलाउन थालेपछि एक जना सुत्केरीको अकालमै ज्यान गएको थियो ।

सुदूरका पहाडी क्षेत्रमा यस्ता थुप्रै घटनाहरु हुने गरेका छन् । गएको वर्षमात्रै बाजुराकै कोल्टीमा पनि दुई जना सुत्केरीले बाटोमै बच्चा जन्माएका थिए । भने एक जनाको अघिल्लो वर्ष बाटोमै बच्चा जन्माउन नसकेर मृत्यु भएको थियो

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ९ : ०६ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा