तराईमा खडेरी : तत्काल वैकल्पिक व्यवस्था गर्न माग « Khabarhub

तराईमा खडेरी : तत्काल वैकल्पिक व्यवस्था गर्न माग


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न राजनीतिक दलका नेताहरुले मधेस प्रदेशका आठ जिल्लामा खानेपानीको खडेर परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), मधेस प्रदेशका इन्चार्ज तथा स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठले ५१ प्रतिशत रोपाइँ बाँकी भएको सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, धनुषा, महोत्तरी र रौतहट जिल्लामा पानीको लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरे ।

उनले भने, “तराईमा यही साउन १५ गतेपछि बाँकी धान रोपाइँ गर्ने भएको छ, मधेस सुक्खाग्रस्त क्षेत्र बन्नुको मुख्य कारण जलवायु सङ्कट नै हो, वन–जङ्गलको विनाशको कारण हो, तत्काल सरकारले चुरे किनारामा ठूलो–ठूलो पोखरी, ताल निर्माण गर्नुपर्छ ।” तराई क्षेत्र सुक्खा भइरहेको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले ठोस नीति बनाएर तत्काल राहत दिनुपर्ने उनको भनाइ छ ।

जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले प्राकृतिक दोहनको कारण तराईका क्षेत्रमा खडेरी परेको उल्लेख गर्दै सरकारले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरे । उनले भने, “जलवायु सङ्कटको व्यापक असर नेपालमा परेको छ, पानी नपरेपछि अहिले मधेसमा असर परेको छ, मधेस कृषिप्रधान, कृषिमा आधारित क्षेत्र हो, यसमा नै असर पर्न गयो, चुरे दोहन हुनु मुख्य कारण हो ।”

मधेसमा ५१ प्रतिशत धान रोपाइँ भए पनि पानी नभएका कारण खेत चिरा–चिरा भएको उनको भनाइ छ । उनले भने, मधेसमा पूर्णतः सिँचाइको वातावरण बनाउनुपर्छ, गाउँ, टोलको पानी सुकेको छ, जमिनमुनिको आन्तरिक स्रोत पनि सुकेको छ, यसको बारेमा सरकारले तत्काल वैकल्पिक माध्यम अपनाउनुपर्छ ।”

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ९ : ५२ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा