सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल « Khabarhub

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार वालिङमा भएको विद्यालय शिक्षा सबलीकरण कार्यक्रममा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, काठमाडौंका प्रिन्सिपल तोयानारायण पौडेलले प्रस्तुति दिए।

कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिकाका सदस्य, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका प्रतिनिधि सहभागी थिए। शिक्षाको गुणस्तरमा वृद्धि, विद्यार्थीको उपलब्धि अनुगमनका निम्ति नयाँ विधि, सिमान्तकृत समुदायका विद्यार्थीलाई अध्ययनमा सहयोग, शिक्षकको प्रस्तुतिमा सुधारका विषयमा पौडेलको प्रस्तुति थियो।

सिकाइको लागि विद्यालयको भौतिक वातावरणमा सुधार गर्नुपर्ने उनको भनाइ छ। विद्यालयका लागि बहुआयामिक सूचना तथा सञ्चार कक्षा, विज्ञान प्रयोगशाला तथा पुस्तकालय, विद्यार्थीमैत्री फर्निचर, उचित प्रकारको पर्खाल हुनुपर्ने पौडेलले प्रष्ट पारे। विद्यार्थीको सिकाइ विकासका लागि उमेरअनुसारको पाठ्यक्रम र खेल सामग्री हुनुपर्ने उनले बताए।

सिर्जनात्मक शिक्षण विधि, डिजिटल सामग्रीको प्रयोग र कक्षाकोठा व्यवस्थापनको दृष्टिकोणबाट शिक्षक लक्षित तालिम विस्तार गर्नुपर्ने, कृषि, प्रविधि र व्यावसायिक तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ।

५० हजार भन्दा बढी जनसंख्या भएको वालिङमा नगरपालिकाको १४ वटा वडामा ७० वटा सामुदायिक विद्यालय छन्। पौडेलको प्रस्तुतिले सामुदायिक विद्यालयमा शिक्षा सुधारको लागि महत्त्वपूर्ण पहल भएको कार्यक्रममा सहभागी तथा सरोकारवालाले प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : ०२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति