सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल « Khabarhub

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार वालिङमा भएको विद्यालय शिक्षा सबलीकरण कार्यक्रममा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, काठमाडौंका प्रिन्सिपल तोयानारायण पौडेलले प्रस्तुति दिए।

कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिकाका सदस्य, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका प्रतिनिधि सहभागी थिए। शिक्षाको गुणस्तरमा वृद्धि, विद्यार्थीको उपलब्धि अनुगमनका निम्ति नयाँ विधि, सिमान्तकृत समुदायका विद्यार्थीलाई अध्ययनमा सहयोग, शिक्षकको प्रस्तुतिमा सुधारका विषयमा पौडेलको प्रस्तुति थियो।

सिकाइको लागि विद्यालयको भौतिक वातावरणमा सुधार गर्नुपर्ने उनको भनाइ छ। विद्यालयका लागि बहुआयामिक सूचना तथा सञ्चार कक्षा, विज्ञान प्रयोगशाला तथा पुस्तकालय, विद्यार्थीमैत्री फर्निचर, उचित प्रकारको पर्खाल हुनुपर्ने पौडेलले प्रष्ट पारे। विद्यार्थीको सिकाइ विकासका लागि उमेरअनुसारको पाठ्यक्रम र खेल सामग्री हुनुपर्ने उनले बताए।

सिर्जनात्मक शिक्षण विधि, डिजिटल सामग्रीको प्रयोग र कक्षाकोठा व्यवस्थापनको दृष्टिकोणबाट शिक्षक लक्षित तालिम विस्तार गर्नुपर्ने, कृषि, प्रविधि र व्यावसायिक तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ।

५० हजार भन्दा बढी जनसंख्या भएको वालिङमा नगरपालिकाको १४ वटा वडामा ७० वटा सामुदायिक विद्यालय छन्। पौडेलको प्रस्तुतिले सामुदायिक विद्यालयमा शिक्षा सुधारको लागि महत्त्वपूर्ण पहल भएको कार्यक्रममा सहभागी तथा सरोकारवालाले प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : ०२ बजे

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय